Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चन्द्रकोट सहकारीको साधारण सभा सम्पन्न

Published on 4:51:00 PM //


तेजेन्द्र थापा
गत मंसीर ३ गते श्री चन्द्रकोट बचत तथा ऋण सहकारी सस्था लिमिटेडको बार्षिक साधारण सभा सम्पन्न भयो । सहकारी ३ बर्ष  पुगेको अबसरमा नयाँ कार्य समिति समेत चयन गरिएको छ । सो सहकारी सस्थामा शेयर सदस्यको संख्या ५७३ रहेको छ जसमा महिला ५२ प्रतिशत् रहेका छन् । सँस्थाको कुल शेयर पुजी २७,७१,२०० कुल मौदाज बचत रकम ६२,१८,९५४ गरि हाल सम्मको कोषको रकम ९२,७९,८२५ रहेको छ ।
सस्थाले आर्थिक बर्ष ६७६८ मा २,५८,२०७ रुपैया  खुद नाफा कमाउन  सफल भएको छ । बार्षिक साधारण सभाको अबसरमा शेयर सदस्यहरुलाई राहत र सम्मान समेत गरेको छ जसमा जेष्ठ नागरिक सम्मान १ महिला र १ पुरुष, असल ऋणी १ महिला र १ पुरुष सम्मानित भएका छन् त्यसैगरी १जना सदस्यको दुर्घटनामा मृत्यु भएकोले उनको परिवारलाई दुर्घटना विमा बापत रु .१०,००० प्रदान  गरिएको छ भने १ जना महिला सदस्यलाइ सुत्केरी भत्ता समेत वितरण गरिएको छ ।
नयाँ कार्य समिति श्री केशब प्रसाद न्यौपानेको अध्यक्षतामा निर्बिरोध निर्बाचित भएको छ । सस्थाका उपाध्यक्ष जीवनमान श्रेष्ठ, सचिब बिमल गैरे, कोषाध्यक्ष बाबुराम न्यौपाने, लेखा संयोजक कोमलनाथ न्यौपाने, सदस्यहरु सिद्द बहादुर थापा, लिल बहादुर पुन, ढाचानन्द गौतम, राजेन्द्र शर्मा, गीता थापा, राम बहादुर नेपालि, शोभा गैरे, कृष्ण बहादुर थापा र तेज बहादुर थापा (तेजेन्द्र थापा) सबै जना निर्बिरोध निर्बाचित हुनु भएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग