गाउँको विकास निर्माणमा आफुले सक्दो पहल गर्ने ः पुर्वमन्त्री विष्ट
Published on
4:53:00 PM //
सीता भण्डारी
विकासप्रेमी नेता आफ्नो गाउँमा पुगको भन्दै गुल्मीको हाडहाडे वासीले पुर्व उर्जामन्त्री तथा एमाले केन्द्रिय सदस्य गोकर्ण विष्टलाई वाजागाजका साथ स्वागत गरेका छन् । आफ्नो गाउँको विकासमा महत्वपुर्ण सहयोग पुर्याएको भन्दै स्थानीय वासीले पुर्व मन्त्री विष्टलाई यसरी स्वागत गरेका हुन् । विष्ट हाडहाडे उपस्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन तथा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागि हुन हाडहाडे पुग्नुभएको थियो ।

हाडहाडे उपस्वास्थ्य चौकी व्यवस्थापन समितीका अध्यक्ष चन्द्र सुनारको अध्यक्षता रहेको उद्घाटन कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष मधुकृष्ण पन्त, सचिव सोमनाथ सापकोटा, राष्ट्रिय प्रतिनिधी परिषद सदस्य टोमलाल पाण्डे, विभिन्न राजनितीक दलका प्रतिनिधी, समाजसेवी, लगायतको उपस्थिती रहेको थियो । यसैविच पुर्वउर्जामन्त्री गोकर्ण विष्टले निन्युखर्क माध्यामिक विद्यालयमा अगुवा कार्यकर्तालाई प्रशिक्षण समेत दिनुभएको छ । प्रशिक्षण कार्यक्रममा हाडहाडे, भनभने र पीपलधाराका २ सय वढि अगुवा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
0 प्रतिकृयाहरु