Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कुखुरा पालन र खेतीबाट गाउँमै राम्रो आम्दानी

Published on 4:57:00 PM //


मनोज बस्नेत
व्यावसायीक रुपमा गरेको कुखुरा पालन तथा तरकारी खेतीबाट गुल्मीको हुगाँ गाविसका एक कृषकले मनग्य आम्दानी गरिरहनुभएको छ । हुगाँ गाविस वार्ड नम्बंर ३ का कृषक राम प्रसाद भण्डारीले कुखुरा पालन र तरकारी खेतीबाट बिगत २ बर्ष देखि लाखौं रुपैँया कमाउदै आउनुभएको छ । ५० ओटा कुखुरा बाट व्यावशाय सुरु गर्नुभएका कृषक भण्डारीले अहिले भने करीब ४ सय देखि ५ सय बोईलर कुखुरा पाल्नु भएको छ । त्यसैगरी उहाँले आफ्नै बारीमा अदुवा, बन्दा, गोपी, काउली, आलु, सिमी, मुला लगाएतका तरकारी खेती पनि गर्दै आउनुभएको छ ।
व्यावशायीक तरकारी खेती तथा कुखुरा पालनबाट अहिले मासीक २० देखि ३० हजार आम्दानी हुने भण्डारीले बताउनुभयो । भबिष्यमा अझै व्यावस्थीत तरीकाले लाग्ने बिचार छ, भण्डारीले भन्नुभयो, बिदेशीको गुलामी हुनु भन्दा यहि नै सजिलै राम्रो आम्दानी गर्न सकिन्छ । भण्डारीले उत्पादन गरेको तरकारी तथा कुखुरा त्यस क्षेत्र तथा आसपासका गाविसमा खपत हुने गरेको सहकर्मी सौगात सागर भण्डारीले जानकारी दिनुभयो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग