फोटो सहित फारम भरेको २२० मात्र, ४५ दिनमा एमआरपी
Published on
3:08:00 AM //
गगनशिला खड्का
बिहीबारदेखि जिल्लाबाटै संकलन गर्न लागीएको राहदानी फारमको लागी फारम भर्नेहरुले मनपरी शुल्क लिने प्रबृत्ति अन्त्य गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीले कडाई गर्ने भएको छ । राहदानी फारम भर्ने सर्वसाधारणहरुालई सहयोग पुर्याउन प्रशासनले ५ वटा फोटो सहित फारम भरेको शुल्क अधिकतम २ सय २० रुपैया निर्धारण गरी त्यसभन्दा बढी लिनेहरुलाई कार्वाही गर्ने जनाएको छ ।

प्रशासनले उद्योग वाणिज्य संघमा अनिवार्य दर्ता भएका स्टूडियोले खिचेको फोटो मात्र मान्य हुने र एकपटक खिचेको फोटोको मापदण्ड पुगेन भने अर्कोपटक निःशुल्क फोटो खिच्नुपर्ने जनाएको छ । बिहीबारदेखि मेसिनले पढ्न सक्ने राहदानी जिल्लाबाटै फारम संकलन गरी रुपन्देहीमा तैयार गरेर ४५ दिनपछि फेरी जिल्लाबाटै वितरणको ब्याबस्था गरीने जानकारी दिँदै नेपालले यसले सेवाग्राहीलाई पहिलाभन्दा बढी सुविधा पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
“पहिला यहाबाट नागरीकता अनुसार फारम प्रमाणित मात्र गरेर काठमाण्डौँ पठाउँथ्यौँ, राहदानी बनाउनेहरुले नै लिएर जानुपर्ने भएकोले अलि समस्या थियो, तर अव फारम संकलन गरेर रुपन्देही पढाउँछौ ।” नेपालले भन्नुभयो- ४५ दिनपछि फेरी यहीबाट तैयारी राहदानी दिन्छौँ, यसले आफै काठमाण्डौ जाने, आउने खर्च र झन्झटबाट सेवाग्राही मुक्त हुन्छन् । तत्काल राहदानी लिन चाहनेहरुले भने आफै फारम लिएर पहिला जस्तै काठमाण्डौबाट लिन सक्ने पनि उहाँले बताउनुभयो ।
0 प्रतिकृयाहरु