Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शान्तिपुरमा आयोजित भलिबल उपाधी रुद्राबेणीलाई (फोटो फिचर)

Published on 5:34:00 PM //


तेजेन्द्र थापा
चक्रेश्वर मेला २०६८ को अवसर परि श्री शान्ति युनेस्को क्लबले शान्तिपुरमा आयोजना गरेको गुल्मीकै सर्बाधिक पुरस्कार राशी रहेको भेकिया भलिबल प्रतियोगिताको उपाधी रुद्राबेणी युवा क्लब, अस्लेवाले हात पार्न सफल भएको छ ।

गुल्मी र  बाग्लुंगका गरि २४ टिमको सहभागिता रहेको उक्त खेलको बिजेता गुल्मीकै रुद्रबेणी युवा क्लब अस्लेवा रुद्रबेणी हुन पुगेको छ भने उपविजेता बाग्लुंगको सितोरियो युवा क्लब हटिया गलकोट हुन् पुगेको छ ।
यस बर्षको बिजेता टीमले नगद रु .३०००१ हात पार्न सफल भएको छ भने उपविजेताले रु .२०००१ हात पार्न सफल भयको छ ।
२४ टिमबाट अन्तिम फाइनलमा रुद्रबेणी गुल्मी र गलकोट बाग्लुंग पुग्न सफल भएका थिए । अन्तिम फाइनल खेलमा ज्यादै नै प्रतिस्पर्धा भएको थियो ।
पहिलो २ सेट गलकोटले  जित्न सफल भएको थियो भने पछिल्लो ३ सेट लगातार रुद्रबेणीले जित्न सफल भयो ।
 हजारौ दर्शकका हुटिंगका साथ  फाइनल खेल सम्पन्न भयो ।
खेलका बिजेता र उपविजेता लाई चक्रेश्वर मेला मूल आयोजक समितिका अध्यक्ष जीवन मान श्रेष्ठले पुरस्कार बितरण गर्नु भएको थियो ।







0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग