Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेपाली लोकसंगीत विकृतिको घर, छैन कसैलाई डर

Published on 5:45:00 PM //


बिशाल भट्टराई
बिशाल भट्टराई
“हे आमा सानीमा फुलको थुङगा खस्यो पानीमा” यहि गित हो आदी गाएक सेतुरामले गाएको पहिलो झ्याउरे गित । नेपाली झ्याउरे संगै बिकास भएको मानिन्छ नेपालको लोक सँस्कृती । कला संस्कृती तथा भाषा साहित्यमा नेपाललाई निकै अगाडि मानिन्छ र लोक सँस्कृती नेपालको पहिचान तथा गौरव हो ।
नेपाली लोक संस्कृती पुरानोबाट बिस्तारै नयाँ बनिरहेको छ । पुराना गित संगितमा बास्तबमै हाम्रो जिवन झल्किरहेको हुन्छ अनि तिनै गित संगितमा हामिले हाम्रो वास्तबिक पहिचान पाउछौँ तर यस्ता गित सँगितहरु कमै गाईन थालेका छन यो भने दुःखको कुरा हो । संस्कृतीको जर्गेनाको लागी साङगितिक क्षेत्रमा प्रबेश गरेकाले नै हाम्रो यो पहिचानमा ह्रास ल्याईरहेका छन ।
मैले सम्झिरहेको छु जुन वेला म सानो थिएँ आधा साप्रो देखिने गरि कच्छा लगाउँथे अनि दातले टोकेर बाकिँ रहेको सानो पेन्सिलको छेस्को पनि म सँगै हुन्थ्यो त्यहि बेला मेरो मुखमा झुन्डिने गितहरु फरक किसिमका थिए । बोम बहादुर कार्किले गाएको पानको पात माया तिम्लाई सम्झन्छु दिनको रात लोक बहादुर क्षेत्रीले गाएको नरौ मायालु यि र यस्तै गित सँगितले आज मलाई कता कता छुट्टै संसारको अनुभुति गराउछन । तर अव भने यसता कर्ण पि्रय गित सुन्नकोलागी सायद अरु कुनै सत्य युगलाई पर्खनु पर्छहोला ।
बिकि्रति बिसंगति झाङ्गिरहेको छ अनि हाम्रो मौलीकता र अस्थित्व नाङ्गिरहेको छ । सायद कलि युगको प्रभावले गर्दाहोला मान्छे फरक बनिरहेका छन त्यहि फरकता संगै नेपाली लोक संस्कृतीले घुँडा टेकिरहेको छ । बिकि्रति भनेको केहो भन्ने प्रश्न हुन सक्छ कसले र कहिले बिकि्रति भित्रायो भन्ने एकिन मलाई पनि छैन तर केहि ज्वलन्त उदाहरणहरु मेरो मानस पटलमा नाचिरहेका छन । बिज्ञान प्रबिधिले केहि सागुरो त बनाएको छ कलाकारीताको क्षेत्रलाई त्यो नकार्न सकिदैन र समय अनुसार परिबर्तन हुन सक्नुपनि मान्छेको एउटा गुण हुनुपर्छ तर कति समम सिमा नाग्ने भन्ने कुरा मात्र हो । गित निकाल्ने बेला नेपाली लोक गित भन्दै निकालीन्छ तर त्यो कुन संस्कृतीको गित हो भन्ने सायद त्यहि गित निकाल्ने मान्छेले थाहा पाउदैन । अनि नपाली समाजमा पाच्य नहुने शब्दहरु गित संगितका मिसाएर लोक पि्रय बन्न खोज्ने कलाकारको हबिगत देख्दात झन हासोनै उठेर आउँछ कला र गला छैन भने किन खाज्ने संगितमा जिन्दगि । के र कस्ता शब्दहरुको शामना गरिरहेको छ हाम्रो सांगितिक दुनियाले त्यो त तपाईलाई थाहा छ त्यसैले मेले यहाँ लेख्ने साहास गरिन किनकि त्यो हाम्रो समाजमा पच्दैन ।
अव थोरै कुरा जोड्न मन लागि रहेको छ यिनै बिगि्ररहका गित संगीतका ढाँचाका बारेमा, प्रसंग जोडौँ भरखर मात्र कोमल ओलीले गाएको तिजको गित डिस्कोमा तिजको तपाई धेरैलाई थाह छ होला कोमल ओली नेपालको सबै भन्दा ठुलो संचार माध्यम रेडियो नेपालमा कार्यरत कर्मचारी सायद उनको काँधमा पारदर्शि समाजको निर्माणको लागी ठुलो जिम्वेवारी छ तर उनले गाएका र उनले निकालेका कुनैपनि गितमा नेपालीपन झल्किरहेको छैन । र तपाई हामि सबैले जानेको कुरा हो एउटा क्यासेट भित्र दई पक्षको अर्थात केटाको र केटिको दोहोरी हुन्छ तर केहि यस्ता क्यासेटसरु निस्किए जुन क्यासेटमा क्यासेट क्यासेटको बिचमा दोहोरी चल्यो यसकि पनि एक प्रमुख दोषि कोमल ओलीनै हुन । हरे शिवराम पैला जान पाम अनि यसै गितको सवाल जवाफ होला पैला जान पाम भन्नेलाई मैले ल्याउन पा भन्दै अर्को गित निस्कियो सायद यो दुर्गतिले तपाईको पनि मन कुँडिएको होला । यस्ता उदाहरण म सँग अरु पनि छन त्यो मध्ये अर्को एउटा उदाहरण राख्दै छु भैसी पालेर भन्ने गित निस्किएको केही समय पछि अर्को गित राँगो पालेर भन्दै निस्कियो अझ यो गितलाई त अर्को पनि जवाफ निस्कियो भैसी रागा सबैले पाल्छन मैले पाल्छु कुकुर बिराला भन्दै यो के तमासा हो त्यो भने बुझनै सकिएन ।
गित संगित हाम्रा अमुल्य गहना हुन र यिनै गहनामा अडिएका छ हाम्रो इज्जत र अस्मिता । आज सम्म हामिले जसरी हामी नेपाली भनेर खोकिरहेका छौँ र गौरव गरिरहेका छौ सायद अवको केहि समय पछाडि यो अवस्था नहुन पनि सक्छ किनकि कला संस्कृतीले नै हामिलाई गौरवको पात्र बनाईरहेको छ तर बिडम्बनाको कुरा हाम्रा कलाकार भनौदाहरुले गर्दानै यस्तो भएको मेरो मुल्याङकन हो फेरी जसले लोक संगितकै वरिपरि रहेर काम गरिरहेको छ त्यस्ता हाम्रा कलाकारलाई चस्को नपसोस । नेपालमा हरेक क्षेत्रको लागी कानुन बनेका देखिनछन तर ब्यवहारमा भने लागु भएको देखिदैन अझ कलाकारीतामा त केहि निकायनै नभएजस्तो जसले जे गरेपनि हुने । राज्यले पनि यो क्षेत्रमा आँखा पुयाइउन सकिरहेको छैन । नत राज्यले यि बिसंगति न्युनिकरणको लागी केही कदम चालेको छ नत राज्यले कला र गला नहुनेहरुको लागी यो क्षेत्रमा बहिस्कारनै गर्न सकेको छ । अझ लाज मर्दो कुरा त गित संगितमै लागेर जिवन समर्पण गर्नेकोलागि सम्मान गर्न सकेको छैन किन उदास छ हाम्रो यो राज्य दङ्ग पर्नु सिवाय अरु केहि छैन । सायद यो राज्यलाई पनि थाहा छैन होला कला संस्कृतीमा देश गरिव भने देश नाङ्गो नै बन्छ भनेर हुनत कसलाई फुस्रद छ र यस बारे सोच्न सबैलाई आफ्नै दुनो सोझाउन ठिक्कै छ तर यसरि बेवास्ता सबै पक्षबाट भने लोक संगितको क्षेत्रको दुर्गतिमा थुक्क भन्न बाहेक अरु केहि गर्न सक्ने छैनौ ।
जसको दिमागमा राष्ट्रियता भन्ने शब्द जिबित छ र जसको गित संगित प्रति चासो र चिन्तन छ ति सवैले एकपटक ठण्डा दिमागले साच्नु जरुरी छ । गित संगित भित्र हाम्रो जिवन लुकेको छ सायद गित संगित नहुदो हो त मान्छेको जिवन नुन नलागेको तरकारी जस्तै बन्थ्यो होला । सुख दुःख जस्तो परिस्थितिमा पनि साक्षत्कार गर्छ गित संगितले मान्छेको जिन्दगि संग । त्यसैले स्रष्टा तथा सर्जकहरुले गित संगितकै धरातलमा रहेर गित लेख्दिने अनि गाईदिनेहो भने सायद सबैको भलो हुने थियो । बुझ्नेका लागी गित संगित औषधी पनि भनिन्छ तर यि गित संगितलाई बिष बनाउने काम गर्नु राम्रो कुरा होईन । गितले जिबन बदलिदिन सक्छ बिचार बदल्न सक्छ त्यसैले सबैले आफ्नो ठाउँबाट सार्थक कदम चाल्ने बेला हो यो । जुन गितले मौलिकता र गौरवतालाई प्रत्यक्ष रुपमा हानी पुर् याउछ ति गित मन पराउनु हाम्रो कमजोरी हो र यस्ता गितलाई साचार माध्यमले पनि बहिस्कार गर्न सक्नु पर्छ । जसले गित संगितलाई भलो गर्न सक्दैन र जो पैसाको आडमा सांगितिक दुनियामा अडिन खाजेको छ त्यस्ता मान्छेहरु सांगितिक क्षेत्रमा प्रबेश नगर्दानै राम्रो हुनेछ । गित संगित कला संस्कृती अनि भाषा साहित्य हाम्रा गहना तथा पहिचान हुन जसले नेपाली समुदायको चित्त बुझाउन सक्दैन त्यस्ता मान्छको आवश्यक्ता नेपाली गित संगितलाई छैन अन्य उपाय खोज्नु पर्छ तर नेपाली गित संगितलाई खुलेयाम रुपमा बलत्कार गर्न पाईदैन सबैले सोँच बिचार गर्दा बल्ल हाम्रो कला संस्कृतिले सकारात्मक रुप लिनेछ ।

fraindbishal@gmail.com

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग