Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शिक्षकको माग गर्दै विद्यालयमा तालावन्दी

Published on 2:26:00 AM //


पि.एम.मगर
शैक्षिक सत्रको आधा समय वित्न लाग्दा समेत गुल्मीको एक उच्च माध्यमिक विद्यालयमा अर्थशास्त्र विषयको पढाई हुन सकेको छैन । विषय शिक्षकको नियुक्ती नहुँदा गुल्मीको वाग्ला गाविसमा रहेको भगवती उच्च माध्यमिक विद्यालयको कक्षा ११ र १२ को ऐच्छिक विषय अर्थशास्त्रको पढाई हुन नसकेको हो । शिक्षक अभावका कारण एउटा कक्षा पनि सञ्चालन हुन नसकेको भन्दै कक्षा ११ र १२ कक्षामा अध्ययन गर्ने विद्यार्थीहरुले आज विद्यालयमा अनिश्चित तालावन्दी गरी आन्दोलनमा उत्रिएका छन् । उनीहरुले तत्काल विषयगत शिक्षकको माग गर्दै शिक्षक नियुक्त नहुँदासम्म विद्यालयको कार्यालयमा लगाएको ताला नखोल्ने समेत चेतावनी दिएका छन् । विद्यार्थीको पढाई्रप्रति विद्यालय प्रशासन नै चिन्तनशिल वन्नु पर्ने हो तर लामो समयम्म पनि कुनै चासो नदेखाउँदा आफुहरु मर्कामा परेको भन्दै वाध्य भएर तालावन्दी गर्नुपरेको विद्यार्थीले वताएका छन् । विषयगत शिक्षकका लागी आफुहरुले पटक पटक अनुरोध गर्दा समेत विद्यालयले कुनै सुनुवाई नै नगरेको विद्यार्थीहरुको आरोप छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग