Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एक इसाई जोडीको तम्घासमा अन्तर्जातिय विवाह

Published on 2:30:00 AM //


पि.एम.मगर
जातीय बिभेद नमान्ने एक ईसाई जोडीले बिहीवार सदरमुकाम तम्घासमा एक समारोहका बिच अन्तरजातिय विवाह गरेका छन् । हस्तिचौर ९ पालुखा घर भई हाल तम्घासको उदीनढुङ्गामा बस्दै आएका ईसाई धर्मालम्बी २३ वर्षीय शुरेश नेपाली र पाल्पा कसेनी ५ निवासी २१ वर्षीया कनौजे मगर बैवाहिक सम्बन्धमा बाँधिएका हुन् । उनीहरुको एशु खिष्ट प्रमेश्वरको प्रार्थना गरी ईसाई धार्मीक विधि अनुसार तम्घासको निलगिरी पार्टी प्यालेसमा विवाह भएको हो ।
तम्घास क्रिश्च्यन मण्डलीले आयोजना गरेको विवाह समारोहमा विदेशीहरुको समेत सहभागी थियो । सच्चा क्रिश्च्यनले अन्य धर्मालम्बीसंग बैवाहिक सम्बन्ध नगाँस्ने र जातिपाती नमान्ने तम्घास मण्डलीका अध्यक्ष धनबहादुर नेपालीले बताए । सेतो पहिरन, सेतै घुम्टोमा सजिएकी बेहुली मगरले बेहुला नेपालीलाई फुलको थुङ्गा हातमा दिएकी थिईन भने बेहुला नेपालीले औठी लगाइदिदै बैवाहिक बन्धनमा बाधिएका थिए । विवाह मण्डपमा इसाई धर्म मान्ने तम्घासका धेरै संख्याको सहभागीता रहेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग