Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

धुर्कोट क्षेत्रलाई शान्ति क्षेत्र वनाईने

Published on 12:54:00 PM //


सिता भण्डारी
गुल्मीको धुर्कोट क्षेत्रलाई शान्ति क्षेत्र वनाउन यतिवेला त्यस क्षेत्रका सरोकारवाला पक्षहरु लागि परेका छन । धुर्कोटलाई शान्ति क्षेत्र वनाउने विषयमा त्यस क्षेत्रका स्थानीय रा जनीतिक दलहरु, विभिन्न गाविसका गाविस सचिव लगायत समाजसेवी वुद्धिजीवि तथा सर्वसाधारणहरुले प्रतिवद्धता जनाएका छन् ।
धुर्कोट प्रहरी चौकी वस्तुको आयोजनामा भएको एक अन्तरकृया कार्यक्रममा उनीहरुले शान्ति निर्माणका लागि एक भएर लाग्ने भन्दै प्रतिवद्धता जनाएका हुन् । धुर्कोट अन्तर्गतका जैसीथोक गाविसका गाविस सचिव डिल्लीराज आचार्य, धुर्कोट रजस्थलका गाविस सचिव हिमवहादुर कुवंर, वस्तुका गाविस सचिव श्रीराम पाण्डेय,वाग्ला गाविसका गाविस सचिव वेदनिधि पन्थी एवं सर्वदलीय संयन्त्रका विभिन्न पार्टी प्रतिनिधी, समाजसेवी, वुद्धिजीवि तथा सर्वसाधारण लगायतको सहभागीता रहेको अन्तरकृया कार्यक्रममा उनीहरुले समाजको शान्ति स्थायित्वका लागि हरेक क्षेत्रवाट सहयोग पु¥याउने वताएका थिए ।
प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक रामानन्द यादवले विलवुक नभएका सवारी साधन, लाईसेन्स नभएका मदिरा विक्री पसल सञ्चालन नगर्न तथा शान्ति सुरक्षामा आंच आउने कुनै पनि कृयाकलाप नगर्न आग्रह गर्नुभएको छ । नियम विपरित कुनै गतिविधी सञ्चालन गरेको पाईए कारवाही हुने समेत उहांले चेतावनी दिनुभयो । साथै उहांले धुर्कोट क्षेत्रका राजनीतिक दल, गाविस सचिव तथा स्थानीयवासीको प्रतिवद्धता भए शान्ति क्षेत्र निर्माणमा कुनै ढिलाई नहुनेमा जोड् दिनुभयो ।
कार्यक्रममा जुवा तास गन्दागर्दी, घरेलु हिसा लगायत सामाजिक विकृति विसंगतिका कृयाकलापहरुले समाजमा नराम्रो प्रभाव पार्ने भन्दै यसको समाधान र सचेतनाका विषयलाई पनि महत्व दिएर जानुपर्नेमा उनीहरुले जोड् दिएका थिए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग