Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अत्याधिक रक्सी सेवनवाट ज्यान गयो

Published on 12:54:00 PM //


सीता भण्डारी,
अत्याधिक मदिरा सेवनवाट अर्घाखाँचीको सन्धिखर्कमा गएराति एक पुरु षको ज्यान गएको छ । यसरी ज्यान जानेमा सन्धिखर्क ६ तारामार्गका ५२ वर्षीय विष्णुवहादुर वोहोरा रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखान्चीले जनाएको छ । राति मदिरा सेवनवाट लठ्ठीएर सडकमा लडिरहेको अवस्थामा उनलाई गस्ती प्रहरीले फेला पारेपछि उपचारको लागि जिल्ला अस्पतालमा लैजादै गर्दा उनको वाटोमै मृत्यु भएको थियो । मृतक वोहोराले जिल्ला अस्पताल सन्धिखर्कमा कार्यालय सहयोगिको पदमा रही काम गर्दै अएका थिए । मृतकको शव अहिले पोष्टमाटमकालागि जिल्ला अस्पताल सन्धिखर्कमा राखिएको बताइएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग