Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

स्वर्ण महोत्व सफल बनाउन उपसमिति गठन

Published on 7:05:00 PM //


मनोज बस्नेत
स्वर्ण महोत्सव मुल आयोजक समिति आनन्दपुर माध्यामिक बिद्यालय इस्मा रजस्थल गुल्मीको बैठक सम्पन्न भएको छ । बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका सयोंजक नारायण पैयानीको अध्यक्षमा बसेको बैठकले महोत्सव व्यावस्थीत वनाउनको लागी ११ ओटा उपसमिती गठन गरेको छ ।
जस अन्तरगत आथिक स्रोत सकंलक सयोजकमा नारायण पैयानी, बिज्ञापन तथा शुभकामना सकंलनमा ज्ञान बहादुर महतरा, खेलकुद व्यावस्थापनमा रामु गिरी, साँस्कृतिक कार्यक्रम व्यावस्थापनमा कालिका थापा, लेख रचना व्यावस्थापनमा बिष्णु प्रसाद गौतम र हनुभएको छ । त्यसैगरी प्राथमीक उपचारमा चन्द्र प्रसाद भुसाल, सुरक्षा व्यावस्थापनमा चन्द्र बहादुर बुढाथोकी, अनुगमनमा नारायण पैयानी, भैतीक तथा समारोह व्यावस्थापनमा छविलाल अधिकारी, फोटो सकंलनमा चन्द्र प्रसाद भुसाल र अतिथी सत्कार व्यावस्थापनमा कालिका थापालाई बैठकले सयोंजक तोकेको छ । बैठकमा स्वर्ण महोत्सव मुल समारोह समितिका सदस्य तथा बिद्यालय व्यावस्थापन समितिका पदाधीकारीहरुको सहभागीता रहेको त्यहाँबाट पदम थापाले जानकारी दिनुभएको । 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग