Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

क्षयरोग संवन्धी जनचेतना

Published on 5:28:00 AM //


पि.एम.मगर
नेपाल क्षयरोग निवारण संघ गुल्मीले आज गुल्मीको सदरमुकाम तमघासका विभिन्न स्थानमा क्षयरोग संवन्धी जनचेतनामुलक सडक नाटक प्रदर्शन गरेको छ ।
मुख्य गरी सूर्तिजन्य पदार्थ र मदिरा तथा धुमपानवाट उत्पन्न हुने क्षयरोगको विषयमा प्रदर्शित उक्त सडक नाटकमा यस्तो रोग लागेका मानिसहरु धामी झाक्री गराउँदा मृत्युको सिकार हुनुपर्ने भएकाले सरकारद्धारा निशुल्करुपमा पाईने औषधी उपचारमा लाग्न प्रेरित गरिएको थियो । अझै पनि हाम्रो समाजमा दम, खोकी, ज्वरो आउँदा धामी झाक्री गराउने रुढीवादी सोँचका कारण क्षयरोग अर्थात टिवी रोगवाट थुप्रैको ज्यान गईरहेको यथार्थतालाई सडक नाटकमा देखाउँदै नाटकका दुई पात्र जस्ले धामी झाँक्री गराउँछ उसको मृत्यु र अस्पतालको उपचार गराउने पात्र क्षयरोगको उपचार गराई निको भएको उदहारण प्रस्तुत गरिएको थियो । नेपाल सरकारले क्षयरोगको उपचार निशुल्क रुपमा गर्दै आएको छ । विशेषत सडक नाटकले धामी झाँक्री नगराई अस्पतालहरुमा जानुपर्नेमा जोड दिएको थियो ।
सडक नाटक आज विहान विभिन्न जिल्लाका सहभागी स्थान धागिथुमको भारतीय पेन्सन क्याम्पमा देखाईएको थियो । कार्यक्रममा कालीदत्त गुल्मका गुल्मपति सेनानी सन्तोष कुमार थापाको प्रमुख आतिथ्यता रहेको थियो भने पेन्सन क्याम्पका सेक्रेटरी चन्द्र कुवँर, इष्ट कमिटीका शेरवहादुर थापा, पेन्सन क्याम्पका वलवहादुर थापा लगायतको विशेष आतिथ्यता रहेको थियो । नेपाल क्षयरोग निवारण संस्थाका सचिव अखिलेश्वरप्रसाद पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष धना भण्डारीको स्वागत मन्तव्य र सदस्य विष्णुकुमारी सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो । त्यस्तै संघले आज दिउँसो तमघासको मिलनचोकमा पनि सडक नाटक प्रदर्शन गरेको थियो ।
गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न सडक नाटकमा कलाकार तुलाराम कार्की, तारा पाण्डे, पुनम पाण्डे, प्रेमिका पुन, सन्तोष अर्याल, सम्झना केसी र मिना परियारले जीवन्त भुमिका निभाएका थिए । सयौँको दर्शकको उपस्थिति रहेको सडक नाटकमा जिल्ला स्वास्थ्य कार्यालयका महेश श्रेष्ठ, संघका कोषाध्यक्ष धना भण्डारी, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष प्रेम सुनार लगायतको आतिथ्यता रहेको थियो । ग्लोवल फण्डको सहयोगमा आयोजित सडक नाटक कार्यक्रमको अध्यक्षता नेपाल क्षयरोग निवारण संघ गुल्मीका अध्यक्ष शशि पन्थीको रहेको थियो भने संघका सचिव अखिलेश्वरप्रसाद पाण्डेको स्वागत मन्तव्य र सदस्य सापकोटाको नै सञ्चालन रहेकोथियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग