Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कतारमा गुल्मेली भेला सम्पन्न (फोटोहरु)

Published on 5:18:00 AM //


कुमार अबिरल

गुल्मी सेवा समाज दोहा कतारको मासिक बैठक सम्पन्न भएको छ । उक्त बैठक सँस्थाका अध्यक्ष श्री दोर्ण बहादुर बस्नेत को अध्यक्षतामा बसेको थियो । साथै सँस्थाका अन्य पदाधिकारीहरु लगायत कतार बासी गुल्मेली मित्रहरुको विशेष उपस्थतीमा कार्यक्रम सम्पन्न गरियो । 
हरेक महिनाको दोश्रो शुक्रबार बस्दै आएको बैठक यो महिना पनि गत नोभेम्बर ११ तारिख शुक्रबारको दिन सम्पन्न भएको हो । उक्त बैठकमा सस्थामा नयाँ सदस्यता लिने र पुरना सदस्यहरुले आफ्नो सद्स्यता नविकरन गर्ने काम पनी सम्पन्न भयो । प्रवासमा रहनु भएका सम्पूर्ण गुल्मेली मित्रहरुको आफ्नै सस्था गुल्मी सेवा समाज दोहा कतारको हरेक महिनामा बस्दै आएको बैठकमा इच्छुक जोसुकै गुल्मेली मित्रहरु स्वयम उपस्थीत भई आफ्नो सदस्यता लिन सक्ने समाजका अध्यक्ष बस्नेतले जानकारी गराउनुभयो । साथै सो कार्यक्रममा शुभ दिपावलीको अवसरमा समाज द्वारा सन्चालन गरिएको देउसी भैलो कार्यक्रमको समिक्षा पनि गरियो । उक्त देउसी भैलो कार्यक्रम मार्फत गुल्मी सेवा समाजलाई ई. कोमल सिंहले क.रि. ३००१, शिव खड्काले क.रि. ५१०, राजेन्द्र श्रेष्ठले क.रि. १०१ र केशव राज पन्थी क.रि. ५१ नगद सहयोग गर्नु भएको थियो । त्यसैगरी नविन गिरीद्वारा क.रि. ५१, जय बहादुर राईद्वारा क.रि. ५०, छवी प्रसाद सुवेदीद्वारा क.रि. ५१ सधन्यबाद प्राप्त भएकोमा थियो । कार्यक्रममा बोल्दै समाजका अध्यक्ष बस्नेतले समाजलाई सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई बिशेष धन्यवाद व्यक्त गर्नुभएको थियो । 
फोटाहरु सौजन्य : कुमार अबिरल /लोक  नाथ 










0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग