Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वंगाला जल्दा १ लाख भन्दा वढीको क्षति

Published on 5:31:00 AM //


पि.एम.मगर
गुल्मीको कुर्घा गाविसमा एक व्याक्तिको वंगालोमा अचानक आगलागी हुँदा १ लाख भन्दा वढीको क्षति भएको छ । कुर्घा गाविस वार्ड नं. ५ निवासी थम्मन गन्दर्भको घर नजिकै रहेको खरले छाएको वंगालो जल्दा १ लाख ३० हजार रुपैयाँ वरावरको क्षति भएको स्थानीयवासीले वताएका छन् । आगलागीवाट वंगालामा रहेका संपुर्ण काठ दाउरा, लत्ताकपडा, मालसामान, अन्न संपुर्ण जलेर नष्ट भएको छ ।
शनिबार मध्यान्ह १२ वजेतिर लागेको आगो स्थानीयवासीको सक्रियतामा दिउँसो ३ वजेपछि मात्र नियन्त्रणमा आएको थियो । आगो कस्ले लगाएको हो भन्नेवारे अझेै पत्ता लाग्न नसकेको पारिवारिक श्रोतलाई उदृध गर्दै गुल्मीको कुर्घावाट प्रकाश थापाले जानकारी दिनुभएको छ । आगलागीका कारण मानवीय तथा पशु चौपाया क्षति भने नभएको थापाले जानकारी दिनुभयो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग