Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शान्तिपुरमा चक्रेश्वर मेला शुरु, सतबिज छर्नेको घुँईचो

Published on 3:47:00 PM //


घनश्याम गौतम
बाला चर्तुदशीका अवसरमा शान्तिपुरको चक्रेश्वर मन्दिरमा सतबिज छर्नेहरुको घुईँचो लागेको छ ।
जिल्लाकै मन्दिरहरु मध्ये बाला चर्तुदर्शीका अवसरमा ठुलो मेला लाग्ने शान्तिपुरमा बुधवार देखि नै शुरु भएको मेला शुक्रवारसम्म चल्ने छ । मन्दिर व्यवस्थापन समिति र स्थानीय शान्ति युनेस्को क्लबले सांस्कृतिक एवं खेलकुद प्रतियोगिता समेत आयोजना गरेकाले यो वर्ष धान, गहु, तिल, जौ, मकै, तोरी, फापर (सतबिज) छर्नेहरुको समेत भिड लागेको क्लबले जनाएको छ ।
बालाचर्तुदशीका अवसरमा चक्रेश्वर मन्दिरमा सतबिज छरेमा पुण्य प्राप्त हुनुका साथै खेतबारीमा उत्पादन बढ्ने जनविश्वास छ । मन्दिरमा सतबिज छरेर बा“की रहेको बिउ खेतबारीमै छर्ने गरिन्छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग