Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शान्तिपुरमा सन्चालित क्षेत्रीय भलिबलमा २४ टिम

Published on 3:48:00 PM //


घनश्याम गौतम
बाला चर्तुदशीका अवसर पारेर शान्तिपुरमा स्थानीय युनेश्को क्लबले आयोजना गरेको क्षेत्रीय स्तरको भलिबल प्रतियोगितामा छिमेकी जिल्ला बाग्लुङ्गका समेत गरी २४ टिम सहभागी भएका छन् ।
विहिवार देखि शुरु भएको भलिबल प्रतियोगिताको पहिलो दिन रुद्रवेणी, दिगाम, धौलादिप, बाग्लुङ्गको सल्यान सुखौरा मावि, चिदीपानी र झारखर्क बिच प्रतिस्पर्धा भएको छ । प्रतिस्पर्धामा रुद्रवेणीको टिमले दिगामलाई, धौलादिपको टिमले सल्यान सुखौरा माविलाई र चिदिपानीको टिमले विशुखर्कका झारखर्कलाई हराएको छ ।
ए र बि गरी दुई पोलबाट खेलाईएको प्रतियोगिता बेष्ट अप थ्रिमा संचालन भैरहेको छ । सेमिफाइनल र फाइनल खेल बेष्ट अप फाइभमा संचालन हुने भलिवल प्रतियोगिताका संयोजक एवं क्लब सदस्य अर्जुन थापाले बताए । खेल चार दिनसम्म संचालन हुने भलिबल प्रतियोगितामा प्रथम हुनेले ३० हजार रुपैंया र द्धितिय हुनेले २० हजार रुपैंया पुरस्कार जित्ने आयोजकले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग