Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिल्ला तिनवर्षपछि खुल्ला दिशामुक्त हुने

Published on 3:46:00 PM //


घनश्याम गौतम
जिविसले सन् २०१५ सम्ममा जिल्लालाई खुल्ला दिशा मुक्त घो षणा गर्ने योजना अगाडी सारेको छ ।
बुधवार तम्घासमा सम्पन्न आगामी आर्थिक वर्षका लागि पुर्व योजना तर्जुमा गोष्ठीमा स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले यस्तो प्रस्ताव गरेका हुन् । त्यसको तयारीका लागि आगामी वर्ष देखि जिल्लाका सबै गाविसहरुबाट रकम अनिवार्य विनियोजन गरेर जनचेतनामुलक कार्यक्रम र प्रकृया अगाडी बढाईने जिविसले जनाएको छ ।
२०६९-७० मा जिल्लाका अव्यवस्थित सडक निर्माणलाई पनि व्यवस्थित गर्न समेत जिविसले योजना अगाडी सारेको छ । यस अघि गाउ“ र इलाकापरिषदबाटै सडक योजना आउने गरेकोमा आगामी वर्षदेखि जिल्ला यातायात गुरु योजना अनुसार मात्र सडक विस्तार गर्ने गरी योजना तयार गर्न लागिएको रेग्मीले बताए । विकास आप्mनै लागि हो भन्ने र योजनाहरुका बारेमा सर्वसाधरणलाई जानकार नहुंदा विकासले अपेक्षित लक्ष्य पुरा गर्न नसकेको भन्दै रेग्मीले आगामी दिनमा विकास र चेतनाका कार्यक्रम समेत गरिने बताए ।
‘योजनाका विषयमा जनतालाई जानकारी नहु“दा र निर्देशिका अनुसार अगाडी बढ्न नसक्दा अपेक्षित लक्ष्य पुरा हुन सकेको छैन’, रेग्मीले भने, ‘योजना निर्माण, वजेट विनियोजन, कार्यान्वयन प्रकृया लगायतका विषयमा ग्रामिण तहसम्म जानकारी पुग्नु जरुरी छ ।’ विकासका योजना सफल हुन सकेमा मात्र पुंजी निर्माण, गरिवी न्यूनिकरण र रोजगारी सृजना हुने रेग्मीको दावी छ ।
कार्यक्रममा विषयगत कार्यालय, गाविस एवं गैरसरकारी संस्थाहरुको आगमी आर्थिक वर्षका लागि बजेट सिलिङ्ग र योजना प्राथमिकताका आधार र सुचनाहरुका विषयमा छलफल गरी पारित गर्दै विषयगत कार्यालय एवं गैर सरकारी संस्थाहरुको लागि वजेट सिलिङ्गका विषयमा समेत छलफल भएको थियो । छलफलमा कार्यालय प्रमुखहरु, राजनीतिक दलका प्रतिनिधीहरु, गैरसरकारी संस्था, गाविस, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ लगायतका सहभागिता रहेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग