Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी समाज यूकेले साँस्कृतिक रात्रीभोज गर्ने

Published on 6:52:00 PM //


विश्व अपाङ्ग दिवसका अवसरमा गुल्मी समाज युकेले क्लचरल डिनर कार्यक्रमको आयोजन गर्ने भएको छ । बेलायतको हृवाइहर्ट रोडमा रहेको एसियन कल्चर सेन्टरमा दिउँसो १२ बजेवाट शुरु हुने कार्यक्रम आउँदो डिसेम्बर ४ तारिखमा हुने आयोजकले जनाएको छ ।
बेलायतवासी नेपाली र गैरनेपाली मिलेर नेपालमा भएका अपांगहरुको आत्मबल बढाउने उद्देश्यले कार्यक्रमको आयोजन गर्न लागीएको आयोजकले जनाएको छ । नेपालमा भएका अपांगहरुको आत्मबल बढाउनका साथै मानव जीवनको उज्यालोपन थप्नका निम्ति आर्थिक संकलन गरी सहयोग पुर्‍याउन आयोजकले कल्चर डिनर प्रोग्राममा सहभागीका लागि सम्पूर्ण वेलायतवासी नेपालीहरुलाई आग्रह गरेको छ ।
उक्त कार्यक्रममा चर्चित कलाकारहरु विवेक श्रेष्ठ, सितु खरेल, सीता पौडेल, शर्मिला बर्देवा र क्रान्ति आले लगाएतका कलाकारहरुले आआफ्ना प्रस्तुती देखाउने आयोजकले जनाएको छ ।
कार्यक्रममा गीतासंगितका अलावा अपाङ्गता सम्बन्धी ब्रित्तचित्र पनि प्रदर्शन गरिनेछ । कार्यक्रममा ब्रित्तचित्र प्रदर्शनकर्ता आशा अपाङ्ग केन्द्र, गुल्मीले बेलायतबासी नेपालीलाई कार्यक्रममा उपस्थिती जनाउन गरेको आग्रह सहितको भिडियो तल छ । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग