Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दृष्टिविहिन विद्यार्थीलाई सहयोग

Published on 5:32:00 PM //


घनश्याम गौतम
रिमुवामा रहेको जनज्योति उच्च माविमा अध्ययनरत दृष्टिविहिन विहिन विद्यार्थीहरुलाई काठमाण्डौमा कार्यरत एक व्यक्तिले शैक्षिक सामाग्री र जाडोका कपडा सहयोग गर्नु भएको छ ।
बलेटक्सार स्थायी घर भएका इन्जिनियर झविन्द्र ज्ञवालीले दृष्टिविहिन विद्यार्थीहरुका लागि बलांकेट, स्वीटर, ट्राउजर, ट्रयाकसुट, शैक्षिक सामाग्री सहित झण्डै ४० हजार रुपैंया मुल्यका सामाग्री सहयोग गरेको विद्यालयका शिक्षक रामहरी पाण्डेले जानकारी दिनुभयो । शिक्षक पाण्डेका अनुसार काठमाण्डौमा कार्यरत इन्जिनियरहरुसंगबाट सहयोग संकलन गरेर ज्ञवालीले विद्यार्थीहरुलाई दुई वर्ष सहयोग गर्दै आउनु भएको थियो ।
जनज्योति उच्च मावि जिल्लामै दृष्टिविहिनहरुको पढाई हुने एक मात्र विद्यालय हो । शिक्षक पाण्डेका अनुसार विद्यालयमा १४ जना दृष्टिविहिन विद्यार्थी अध्ययनरत छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग