Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महिला हिंसा विरुद्धको १६ दिने अभियानको चौथो दिन पोष्टर प्रर्दशनी

Published on 6:03:00 PM //


गगनशिला खड्का
महिला हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान अन्र्तगत आज चौथो दिन एकल महिला सञ्जालले गुल्मीको सदरमुकाम तम्घासको लाकुरीमञ्चमा महिलाहिंसा विरुद्धका पोष्टर प्रर्दशनी गरेको छ । १६ दिन सम्मनै मनाउने निर्णय गरिएको दिवशको चौथो दिन आज सञ्जालले सदरमुकाम तम्घास स्थीत लाकुरीमञ्च पोष्टर प्रर्दशनी गरेर यो दिवश मनाएको हो ।
तम्घासको लाकुरी मञ्चमा पोष्टर प्रर्दशनी कार्यक्रमको उद्घाट्न गर्दे निमित्त प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले महिलाहरुमा विस्तारै आएको चेतनाका कारण पछिल्लो समयमा यस्ता दिबश मनाउने परिपाटीको श्रृजना भएको बताउनुभयो । उहाँले यस्ता खालका कुराहरुको शुरु हुनु नै महिला हिंसा विरुद्धमा भएका सफल उपलब्धी मान्नुपर्ने बताउनुभयो । एकल महिला सञ्जालले गरेको पोष्टर प्रर्दशनी कार्यक्रमको करीब ४ सय जनाले अवलोकन गरेको एकल महिला सञ्जालका धना भण्डारीले बताउनुभयो । यो दिवस महिला हिंसा विरुद्ध विविध कार्यक्रम गरी नोभेम्बर २५ अर्थात शुक्रवार देखि डिसेम्बर १० सम्म मनाईने छ । यस बर्षको महिला हिंसा विरुद्धको सोह्र दिने अभियानको नारा घर शान्ति र विश्व शान्तिको आधार भन्ने रहेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग