Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बस सञ्चालन गर्नुपर्ने माग राख्दै जिल्ला प्रसाशनलाई अल्टीमेटम

Published on 6:05:00 PM //


गगनशिला खड्का
गुल्मीको तम्घास सडकखण्ड हुदै दर्लिङ गाविस सम्म बस सञ्चालन गर्नुपर्ने भन्दै सम्बन्धित गाविसको सर्वपक्षिय टोलीले आज जिल्ला प्रशासन कार्यलयलाई एकहप्ते अल्टीमेटम दिएको छ । गुल्मीका ६ गाविसका राजनितिक दलका प्रतिनिधी सम्मीलित सर्बपक्षिय टोली जिल्ला प्रशासनमा डेलिगेसन आई सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल समक्ष उक्त माग गरेको हो । सर्वपक्षिय टोलीले तम्घास, हस्तीचौर रातडाँडा, बडागाउँ, मुसिकोट हुदै पौदीअमराई, नेटा, दर्लिङ्ग सम्म बस सञ्चालन गर्नुपर्ने माग राख्दै उतm अल्टीमेटम दिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले पश्मिाञ्चल बस व्यवसायी समिति संग कुरा गरी बस सञ्चालनका लागी पहल गर्ने आश्वासन दिएको हस्तीचौर गाविसका दान बहादुर जिसीले बताउनुभयो । उनिहरुले यदि एकहप्ता भित्रमा प्रशासनले बस सञ्चालनका लागी पहल नगरेमा अनिश्चितकालिन सडक अवरुद्ध पार्ने चेतावनी समेत दिएका छन ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग