Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खोजमुलक तथा विकास पत्रकारितालाई अगाडि वढाउनु पर्नेमा जोड

Published on 6:04:00 PM //


जनार्दन घिमिरे
पत्रकारहरुले खोजमुलक तथा विकास पत्रकारितालाई अंगालेर अगाडी वढ्न सके समाज र राष्ट्रको विकासमा टेवा पुग्ने एक कार्यक्रमका वक्ताहरुले वताएका छन् । उनीहरुले संचारकर्मिहरुले नकारात्मक कुरालाई मात्र उठान नगरी सकारात्मक पक्षहरुलाई पनि उजागर गरी समाज र व्यक्तिको व्यवहारमा परिवर्तन ल्याउनुपर्नेमा जोड् दिएका छन् ।
नेपाल प्रेस युनियन जिल्ला शाखा गुल्मीको आठौँ वार्षिक साधारण सभामा वोल्दै केन्द्रिय प्रतिनिधि एवं युनियनका केन्द्रीय सदस्य देवेन्द्र वर्माले पत्रकारिताको विषयलाई राजनीतिक दल तथा कार्यालयहरुले नजिकवाट वुझ्नुपर्ने भन्दै द्वन्दकालीन अवस्थामा पत्रकार र पत्रकारिता क्षेत्रमाथि भएका कतिपय आक्रमण तथा क्षतिका विषयमा पत्रकारहरुले उचित राहत तथा क्षतीपूर्ति पाउन नसकेको समेत वताएका छन् । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला उपसभापति भुवनप्रसाद श्रेष्ठले पत्रकार समाजको ऐना भएको भन्दै समाजले पत्रकारहरुसँग समाज परिवर्तनकालागि ठूलो आकांक्षा राखेको हुनाले उनीहरुको भावनालाई आत्मसाथ गर्दै जिल्लाको पत्रकारीतालाई संस्थागत गर्दै अघि वढाउनु पर्नेमा जोड दिएका थिए ।
साधारण सभामा स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले जिल्लाको विकासका कार्यक्रम, त्यसको कार्यान्वयन र प्रभावकारिताका एवं नीति तथा कार्यक्रमहरुका विषयमा सर्वसाधारणहरुलाई सचेत गराउन पत्रकारहरुको भुमिका महत्वपूर्ण हुने वताएका थिए । त्यस्तै कार्यक्रममा विशेष अतिथि नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य जनार्दन घिमिरे, एकीकृत नेकपा माओवादीका जिल्ला सेक्रेटरी अरुण देवकोटा, नेकपा एमालेका जिल्ला अध्यक्ष वोमवहादुर खड्का, राप्रपाका जिल्ला सहसचिव हिमवहादुृर वोहोरा, राप्रपा नेपालका जिल्ला उपाध्यक्ष ठाकुरप्रसाद पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी जगदिशचन्द्र नेपाली, प्रहरी नायव उपरीक्ष राजकुमार वैदवार, कालीदत्त गुल्मका गुल्मपति सन्तोषकुमार थापा, नेपाली काँग्रेसका क्षेत्रीय सभापति दामोदर भुसाल, अन्तर पार्टी महिला सञ्जालकी उपाध्यक्ष धना भण्डारी, नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष नवराज भुसाल लगायतले साधारण सभाको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।
उद्घाटन कार्यक्रमपछि आयोजित वन्द सत्रले युनियनको आर्थिक तथा प्रगति प्रतिवेदन पारित गर्नुका अतिरिक्त संविधान लेखन र शान्ति प्रकृयालाई चाँडो निश्कर्षमा पुराउन राजनैतिक दलहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ । वन्दसत्रले युनियनको शुद्धिकरण अभियानलाई जिल्लामा पनि लागु गर्ने, प्रेस र पत्रकार सुरक्षाको विषयमा गंभिर हुन सरकालाई आग्रह गर्ने र श्रमजीवि ऐन कार्यान्वयनको विषयलाई गंभिर ढंगले अघि वढाउनु पर्ने लगायतका प्रस्तावहरु समेत पारित गरेको थियो । कार्यक्रम नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग