Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लण्डनमा च्यारिटी डिनरको भव्य तयारी

Published on 10:33:00 PM //

आगामी डिसेम्बर ४ तारिख गुल्मी जिल्ला समाज युकेले विश्व अपांग दिवसको अवसरमा अपांगहरुको सहयोगार्थ कल्चर च्यारिटी डिनर कार्यक्रमको आयोजना गर्दैछ । उक्त कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसे रहनु हुने भएको छ । साथै युरोप लगायत बेलायतमा बसोबास गर्ने विशिष्ट पाहुनाहरुको उपस्थिति रहने जानकारी समाजका मिडिया सेक्रेटरी शिव भण्डारीले दिएका छन् ।
सेवा नै धर्म हो भन्ने नाराका साथ सम्पन्न हुने उक्त कार्यक्रममा संस्थाका अध्यक्ष ओम थापा कोडिनेटरद्वय मोती भण्डारी, दुर्गा पाण्डे, महासचिव अर्जुन गौतम, सल्लाहका फन्त थापा, यादव भण्डारीलगायत सम्पूर्ण कार्यसमिमित विशेष रुपमा लागिपरेको बताइएको छ ।
उक्त कार्यक्रममा आशा अपांग केन्द्र गुल्मीकी अध्यक्ष गंवा रायमाझी नेपालबाट आज सोमबार नै लण्डन आउँदै हुनुहुन्छ । साथमा बेला प्रथम नौमति बाजासहित पन्चकन्याले आगन्तुक पाहुनाहरुलाई स्वागत गरिने जानकारी भण्डारीले दिए । दिनभरि नै नौमति बाजाको धुनसँगै, विभिन्न कलाकार शर्मिला बर्देवा, विवेक श्रेष्ठ, गंगा थापा, सितु खरेल, सिता पौडेल, र विभिन्न नृत्य प्रस्तुत गरने भएको छ भने स्टेज कार्यक्रम उषा भट्टको साथमा विनोद ज्ञवाली, ओम गुरुङले सञ्चालन गर्ने भएका छन् । साथमा नेपाली भोजन तथा जलपान रारा रेस्टुरेन्ट (प्रताप रायमाझी) लाई जिम्मेवारी दिइएको छ ।
उक्त कार्यक्रम सफल बनाउन बेलायतस्थित विभिन्न संघ संस्था, सञ्चारमाध्यम, कला क्षेत्र, उद्योग व्यापारीहरुलाई सहयोगका लागि अनुरोध गरिएको छ । साथै प्रायोजन गरी सेवा प्रदान गरिदिने दाताहरुलाई सम्मान र गुल्मी जिल्ला समाज युकेले हार्दिक धन्यवाद दिने संयोजक भण्डारीले बताए ।
नेपाल बृटेन डट कमबाट

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग