Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीको शैक्षिक गुणस्तर दैलेखको भन्दा पनि कम, फाउण्डेशनको दाबी

Published on 11:16:00 PM //


अनिल खत्री
रातो बङ्गला फाउन्डेसनले गुल्मी तम्घासमा सरोकारवालाहरु  बिच छलफल कार्यक्रम सम्पन्न भएको छ । जिल्ला शिक्षा कार्यालय गुल्मीमा भएको कार्यक्रममा स्थाका कर्यक्रम म्यानेजर बिपुल पौडेलले गुल्मी जिल्लाका पश्चिम क्षेत्रका ३१ ओटा सामुदायीक बिद्यालयको अहिलेको अबस्थाको बारेमा तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो ।
गुल्मी जिल्लाको पश्चिीमका १६ ओटा बिद्यालय अत्यन्त पछाडी परेको तथ्याङ्क सार्बजनिक गरेको छ । गुल्मी जिल्लाका सरकारी बिद्यालयमा बिद्याथी सङ्ख्या अत्यन्त न्यून रहेको तर पढाईको स्तर भने सन्तोष जनक नरहेको फाउण्डेसनले जनाएको छ । तिज देखी तिहार सम्म बन्द रहेका बिद्यालयहरु पनि रहेको पौडेलले बताउनुभयो । एउटा बिद्यालको मात्र एसएसीको रिजेल्ट नहेरेर समग्र रुपमा हेर्ने हो भने बिकट जिल्ला दैलेखको भन्दा पनि न्युन रहेको फाउण्डेसनले जनाएको छ । लामो समय सम्म पनि बिद्यालय बन्द हुनु तथा बिद्यालयमा बाल मैत्रि बाताबरण नहुदा यस्तो अबस्था सिर्जना भएको समेत बताएको छ ।
फाउण्डेसनले गुल्मी जिल्लाका पश्चिीम भेगको  छपनी क्षेत्र अन्तरर्गतमा पर्ने सामुदायिक बिद्यालयमा यो कार्यक्रम लागु गरेको छ । छलफलमा सहभागीहरुले फाउण्डेसनले सञ्चालन गरेको कार्यक्रम अहिलेको अबस्थामा अती सान्दर्भिक रहेकाले यस संस्था संग सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए । सहभागीहरुले उक्त तथ्याङ्क अनुसार पछिल्लो अबस्थामा गुल्मी जिल्लाको शैक्षिक गुणस्तर पछाडी परेको बताएका थिए । कार्यक्रममा सरोकारवाला, राजनितिक दलका प्रतिनिधि, पत्रकार लगाएको उपस्थिति रहेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग