Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खेतमा अनौठो शिला भेटियो, दैबी शक्ती भएको विश्वाश, हेर्नेहरुको भिड

Published on 5:49:00 AM //


पि.एम.मगर
गुल्मीको वामी ६ दालका निवासी एक व्याक्तिको खेतमा एउटा अनौठो खालको शिला फेला परेको छ । वामी गाविस वार्ड नं. ६ दालका निवासी सुवेदार रणवहादुर रायमाझीको खेतमा पहिरो गएको स्थानमा उक्त अनौठो खालको शिला भेटिएको हो । चक्र सहितको हेर्दा शंख तथा कमल फुलको आकारमा सेतो रङ्गको उक्त शिला करिव ३५ किलो तौलको रहेको छ ।
पहिरो गएको स्थानमा फेला परेको शिलालाई रायमाझीका छोरा १२ वर्षीय सुदिप र १० वर्षीय निराजनले घरमा ल्याएका थिए । शिला घरमा ल्याएको दिनदेखि घर तथा खेत वरिपरि ठुल्ठुला काला सर्पहरु डुल्ने, वाटो छेक्ने साथै सपनामा पनि वारम्वार सर्पका यस्तै गतिविधीहरु देख्ने गरेकाले शिलामा केही दैविक शक्ति रहेको पारिवारीक श्रोतको दावी छ । असौज महिनाको २७ गते उक्त शिला भेटिएपछि सर्पहरु आउन थालेको र यस्ता गतिविधीहरु देखाउन थालेको उनीहरुले वताएका छन् । शिलालाई रायमाझीको घरमा पुजेर राखिएको छ । अहिले स्थानीयवासीहरु पनि उक्त शिला हेर्न रायमाझीको घरमा जाने गरेको त्यहाँवाट हाम्रा सहकर्मी लोकप्रसाद छन्त्यालले जानकारी दिनुभएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग