Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आम माफीको निर्णय तत्काल फिर्ता लिन माग

Published on 11:19:00 PM //


पि.एम.मगर
सभाषद वालकृष्ण ढुंगेललाई आम माफी दिने निर्णय तत्काल फिर्ता लिन नेपाल तरुण दल गुल्मीले आज सरकारसँग माग गरेको छ । सर्वोच्चद्धारा सर्वस्वसहित जेल सजायँ सुनाईएका सभाषद ढुङ्गेलको मुद्धाका विषयमा सरकारले गरेको आम माफीको निर्णय तत्काल फिर्ता लिन माग गर्दै नेपाल तरुण दल जिल्ला कार्य समिति गुल्मीले जिल्ला प्रशासन कार्यालयमा प्रेस विज्ञप्ती वुझाएको छ । लोकतान्त्रीक आन्दोलनको सफलतावाट निरंकुशतन्त्रको अन्त्य भएको वर्तमान समयमा कानुनी राज्य र त्यसको परिधिभित्र रही नेपाली जनतालाई सुशासन, विकास र अमन चयन हुनुपर्ने वेला सरकारले ढुंगेललाई आम माफी दिने प्रकृया अगाडी वढाउँदा मुलुकमा फेरी कालो धव्वा लागेको जनाएको छ ।
नेपाली जनतामा अन्याय, अत्याचार, दमन, शोषणका साथै अपराध गर्ने अपराधीलाई कानुनले छोड्दैन भन्ने मान्यता र आशा हराएको भन्दै तरुण दलले जनताको जीउ ज्यान, धन सम्पतीको संरक्षण गर्ने अभिभावकत्व वोकेको सरकारले भने सवै कुरालाई विर्सिएर अपराधीलाई संरक्षण गर्ने निर्णय गरी आफ्नो व्यवहार छर्लङ्ग पारेको विज्ञप्तीमा उल्लेख गरिएको छ । तरुण दलले आम माफी दिने निर्णय तत्काल फिर्ता लिन साथै कानुनको उपहास नगर्न सरकारसँग आग्रह गर्दै अन्यथा सरकारको निर्णय विरुद्ध सशक्त आन्दोलनमा उत्रिने समेत चेतावनी दिएको छ । तरुण दलका जिल्ला अध्यक्ष खिलध्वज पन्थीद्धारा हस्ताक्षरित विज्ञप्ती वुझ्दै प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले विज्ञप्तीलाई तत्काल संवन्धित निकायमा पठाईदिने वताउनुभएको थियो ।
यसैविच सभासद् बालकृष्ण ढुंगेलको सर्वस्वसहित जन्मकैदको सजायलाई आममाफीका लागि सरकारले गरेको सिफारिसको बिरुद्ध एमाले र काँग्रेसको बिद्यार्थी संगठनले आइतवार जिल्ला प्रशासन सोलुखुम्बुमा नाराबाजी गरेका छन् । सभासद् ढुंगेलले हत्या गरेको प्रमाणित भइसकेको उल्लेख गर्दै एमालेको अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन र काँग्रेसको नेपाल विद्यार्थी संघ सोलुखुम्बुले जिल्ला प्रशासन कार्यालय र सदरमुकाममा चर्को नाराबाजी गरेका हुन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग