Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

१४ हजार रोगीको परीक्षण

Published on 11:11:00 AM //

घनश्याम गौतम 
आँखा उपचार केन्द्रले जिल्लाका कर्मचारी, शिक्षक, राजनीतिक दल, सञ्चारकर्मीसहित १४ हजारभन्दा बढीको मधुमेह र आँखाको परीक्षण गरेको छ ।

स्थानीय सामुदायिक रेडियो स्काईको वाषिर्कोत्सवको अवसर पारेर सुरु गरेको परीक्षणमा ३ सयभन्दा बढी मधुमेह र ३ सय २६ जनाको आँखामा मोतियाविन्दु फेला परेको नेपाल नेत्र ज्योति संघका सभापति भरतबहादुर चन्दले बताए । परीक्षणसँगै आँखा रोगीहरूको उपचारसमेत गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रले मधुमेह र आँखाको परीक्षणसँगै जिल्लाका ग्रामीण क्षेत्रमा आँखाको उपचार र शल्यक्रिया शिविर सञ्चालन गर्न लागेको केन्द्रका प्रमुख सूर्य बस्नेतले बताए । केन्द्रले बर्सेनि जिल्ल्ााका दुर्गम क्षेत्रमा सर्वसाधारण, विद्यार्थीलगायतका आँखा परीक्षण र उपचार गरेर निःशुल्क सेवा प्रदान गर्दै आएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग