Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कुमारी आमाका सन्तान वेवारिसे

Published on 5:45:00 AM //


पि.एम.मगर
गुल्मीको विकट गाविस दर्लिङ्गमा केही कुमारी आमाका सन्तानका वावुको पहिचान हुन नसक्दा अलपत्र वनेका छन् । दर्लिङ्ग ५ दुनामडोटाकी धनि विश्वकर्माको १३ वर्षीय छोराको अहिलेसम्म वावुको पहिचान हुन सकेको छैन । सोही वडाकी सुमित्रा विश्वकर्माको ४ वर्षको छोराको पनि वावुको पत्तो लागेको छैन । यस्तै वडा नं. २ की एउटी सुस्त मनिस्थिति भएकी युवतिले जन्माएको ४ वर्षीय छोराको पनि यस्तै अवस्था छ । वोल्न नसक्ने उनलाई कस्ले करणी ग¥यो भन्ने समेत पत्ता लाग्न सकेको छैन । यस्तै रोमा परियारका ७ वर्षीय छोराले वावुको अभिभावकत्व पाउन सकेका छैनन ।
सुमित्राका ४ वर्षीय छोराका तीन वटा वावु वताईएको छ । उनले तीन जनालाई आरोप लगाएपछि एक जनालाई कारवाही गरिएपनि अन्य दुई जना भने त्यसै समाजमा रहेको दर्लिङ्गका समाजसेवी भुपाल खत्रीले वताउनुभयो । यौन विकृति वढेको र यस्ता मुद्धा गाविसमा मिलाई साद्धे नभएपछि जिल्लामा पठाउनुपरेको दर्लिङ्ग गाविस सचिव गोपालवहादुर सेन ओलीले वताउनुभयो । यी मध्ये धेरैले आर्थिक अभावका कारण संवन्धित निकायमा धाउन नसक्दा न्याय पाउन नसकेको, कोही माईतीमै वस्दै आएको र कसैले आफ्नो सन्तान वेवारिसे वनाएरै विवाह गरेका छन् ।
त्यस्तै दर्लिङ्ग ५ कै १९ वर्षीय फुलमाया विश्वकर्माको ६ महिने सन्तान हालसम्म अलपत्र भएपनि हिजोदेखि स्थानीय शुसिल विश्वकर्माले आफ्नो सन्तानका रुपमा स्वीकार गरेको वताईएको छ । त्यस पुर्व शारिरीक सम्पर्क राखेको तर गर्भ स्वीकार नगरेपछि न्याय माग्न सदरमुकाम आएकी फुलमाया र शुसिल विच छलफल गराई हिजो जिल्ला प्रशासन सामु संवन्धितले जिम्मा लिई घरमा लगेको दलित साझा मञ्च गुल्मीका सदस्य गौचन धरालीले वताउनुभयो । तर घरमा सुसिलकी जेठी श्रीमतिले फुलमायालाई प्रवेश गर्न नदिएपछि दुवै पक्षविच तनाव सृजना भएको उहाँले जानकारी दिनुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग