Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

युवाहरुले क्लव स्थापना गरे

Published on 5:43:00 AM //


पि.एम.मगर
गुल्मीको धुर्कोट वस्तुका वार्ड नं. २ र ३ का युवाहरुको भेला आज सम्पन्न भएको छ । सोही भेलाले राताचौर युवा क्लव धुर्कोट वस्तुको गठन गरेको छ । समाज तथा गाउँ विकासको लक्ष्य, राताचौर युवा क्लवको उद्धेष्य भन्ने मुल नाराका साथ क्लवको गठन गरिएको क्लवका पदाधिकारीहरुले वताएका छन् । क्लवको अध्यक्षमा जिवन भण्डारी, उपाध्यक्ष विशाल भण्डारी, सचिव झविन्द्र भण्डारी, सहसचिव सन्तोष भण्डारी, कोषाध्यक्ष प्रकाश पाण्डे, सह कोषाध्यक्ष सञ्जिव पोखरेल लगायत १८ सदस्यीय रहनुभएको छ । साथै क्लवको सक्रियतामा प्रत्येक महिनाको पहिलो शनिवार स्थानीय धारा कुवा तथा सार्वजनिक स्थानहरुको सरसफाई गर्ने तथा विविध समाज सुधारका कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरिएको छ । भेलामा स्थानीय समाजसेवी जीवलाल भण्डारी, गणेश भण्डारी, नन्दराम भण्डारी लागायतको उपस्थिति रहेको क्लवले जनाएको छ ।

यसैगरी वम्घा सुपथ पसल उपभोक्ता सहकारी संस्था लिमिटेड गुल्मीको दोस्रो साधारण सभा जनजोध उच्च माध्यमिक विद्यालय रानीवासमा सम्पन्न भएको छ । दीप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा प्रमुख अतिथि यज्ञप्रसाद ज्ञवाली, कृष्ण प्रसाद पौडेल, कृष्णप्रसाद ज्ञवाली लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो भने संस्थाका कोषाध्यक्ष धनन्जय गौतमले आय व्यय प्रस्तुत गर्नुभएको थियो । संस्थाका अध्यक्ष चिरञ्जीविको ज्ञवालीको अध्यक्षतामा सम्पन्न खुल्ला सत्रको सञ्चालन द्रोर्णचार्य ज्ञवालीले गर्नुभएको थियो । खुल्ला सत्रको समाप्ती संगै शुरु भएको वन्द सत्रले पुन चिरञ्जीविको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यकारी समितिको गठन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा हुमानाथ ज्ञवाली, सचिव खड्ग श्रेष्ठ, कोषाध्यक्ष धनन्जय गौतम लगायत रहनुभएको छ ।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग