Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चुनढुंगा उत्खनन बन्द

Published on 7:29:00 PM //


पि.एम.मगर
पटक पटक विवादित बन्दै आएको अर्घाखांची नरपानी स्थित नर्तनाञ्चल पहाडको चुनढुंगा उत्खनन कार्य अनिश्चितकालका लागि बन्द भएको छ । कम्पनीले सम्झौता अनुसार काम नगरेको भन्दै नरपानी–७ का स्थानीय वासिन्दाले आईतवार देखी उत्खनन बन्द गराएपनि हालसम्म दुवै पक्षबीच वार्ता हुन सकेको छैन ।
सर्वसाधारणले दिनहुँ उत्खनन कार्य अगाडी धर्नामा बसेर आन्दोलन गरिरहेका छन । कम्पनीले खानेपानीको व्यवस्था नरपानी बजार नजिकै पोखरी निर्माण, जिल्लामै उद्योग स्थापना गर्नुपर्ने, एक घर एक रोजगार, उत्खनन कार्य नजिकै बसोबास गर्ने सर्वसाधारणलाई उचित व्यवस्था लगायत कार्य तत्काल गर्ने भनि सम्झौता भएपनि कार्यान्यवन नगरेको भन्दै सर्वसाधारण आन्दोलित भएका हुन । उत्खनन गरेको एक वर्ष भित्रमा गर्ने भनिएपनि ५ वर्ष वितिसक्दा समेत कुनै चासो नदेखाएको भन्दै उत्खनन कार्य गर्न नदिएका हुन । सर्वसाधारणले विरोध गरेपछि कम्पनी आफैले उत्खनन कार्यलाई रोकेको छ । यो सहित ६ वर्षको अवधिमा ६ पटक उत्खनन बन्द हुुदै आएको छ । 
पर्यटकीय स्थलको रुपमा रहेको नरपानीको पहाडलाई शुरुकै वर्षमा चुनढुंगा उत्खनन नगरी पहाड संरक्षण गरिनुपर्ने आवाज उठेर पटक पटक आन्दोलन हुदै आएपनि विना निष्कर्ष सकिएको छ । उत्खनन कार्यको धुलो र खाने पानी सुकेपछि नरपानी पाली, सितापुर लगायत गाउँका ५० हजार भन्दा बढी जनसंख्या विस्थापित हुने भन्दै सधैका लागि बन्द गर्नुपर्ने माग सहित विरोध हुदै आएको नरपानी पहाड बचाउ आन्दोलनका संयोजक पदम केसीले बताउनुभयो । गाउ“का १५ हजार जनसख्याले खादै आएको खानेपानी उत्खननकै कारणले मुहान सुकेकाले बन्द गर्नुपरेको उहांले वताउनुभयो ।
चार दिनदेखी उत्खनन कार्य बन्द भएपछि उत्खननमा दैनिक २ लाख र सिमेन्ट उद्योगमा ११ लाख रुपैया घाटा भएको कम्पनीका निर्देशक एवं ओम राई कन्टक्सनका सञ्चालन होमनाथ गौतमले बताउनुभयो । उहांले ६ वर्षसम्म उत्खनन गरिरहदा हरेक पटक विकास निर्माणको नाममा व्यक्तिगत फाईदा र कसैलाई जागिर खुवाउनको लागि आन्दोलन हुदै आएको आरोप लगाृउनुभयो । डाईने
ष्टिक र सरकारबीच २०५५ सालमा सम्झौता भएर २०६२ सालबाट कम्पनीले उत्खननको काम शुरु गर्दै आएको थियो । स्थानीय विकास अधिकारी पुण्यविक्रम पौडेलले ज्ञापन पत्र आएको बताउँदै सबै राजनीतिक दलको सर्वदलिय बैठक बसेर छलफल गरेर निर्णय गरिने बताउनुभयो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग