Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मृत फेला परेका दुई आमाछोराको अन्त्योष्टि

Published on 7:31:00 PM //


अनिल खत्री 
बागलुङको अधिकारीचौर, अ‍ोख्रेनीमा हत्या गरिएका दुई आमाछोराको आज पोष्टमाटम गरि अन्त्योष्टि गरिएको छ । गत कार्तिक २२ गते देखि घरबाट हराएका सो परिवारका आमा मीना भण्डारी तथा छोरा एञ्जल भण्डारीको सोही राति हत्या गरिएको र २३ गते राती घर नजिकै लिएर राखिएको अवस्थामा स्थानीय वासीहरुले देखेका थिए । 
घरको छेवैमा मृत अवस्थामा रहेका त्यस परिवारको गत कार्तिक २४ गते इलाका प्रहरी  कार्यालयमा खबर गरिएपछि त्यस तर्फबाट गएको प्रहरी टोलीले आवश्यक जाँच बुझ गरि सोही दिन रातीनै उक्त शव बुर्तिबाङ ल्याइएको थियो । साथै घटना स्थलबाट अनुसन्धानका लागि श्याम भण्डारी र योगेन्द्र भण्डारीलाई घटना विवरण अनुसार संग्लग्नता भएको हुनसक्ने आशंकामा आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी स्रोतले बताएको छ । 
तर स्थानीय बासिका अनुसार उक्त घटनामा योगेन्द्र भण्डारीले राति ति मृतक आमाछोरालाई उनका श्रीमानले फोन गरेकाछन भन्दै बोलाएर लगेको स्वीकार गरेको बताउँछन् । साथै सो घटनामा अनुसन्धानका लिइएका अर्का श्याम भण्डारी सँग मृतक मीनाका श्रीमान नगेन्द्र भण्डारीसँग केही समय यता केही सामान्य विवाद भएका कारण मनमुटाव रहेकाले उनै श्यामको योजनामा यो घटना गराइएको हुनसक्ने स्थानीयहरु बताउँछन् । योगेन्द्रको बयान अनुसार पनि श्याम सहितको उनका म्याग्दी स्थित आफन्तहरु सहित आक्रमण गरेको स्वीकार गरेको बताइएको छ । 
आमाछोराको हत्या भएको जानकारी पाएपछि घटनास्थल पुगेको प्रहरीले दुई जनालाई पक्राउ गरेपनि अनुसन्धान सहज रुपमा अघि बढ्न सकिरहेको छैन । प्रहरीले भने अझै प्रष्ट नभएकाले अनुसन्धान भइरहेको बताउँदै गर्दा घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक बद्री श्रेष्ठ र प्रहरी नायव निरीक्षक शैलेन्द्र खड्का बुर्तिबाङ तर्फ आउँदै गरेको एक स्रोतले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग