Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पैसा सकियो, बन्दै गरेको पुल अलपत्र

Published on 7:31:00 PM //


पि.एम.मगर
आर्थिक समस्याका कारण गुल्मीको वम्घा गाविस वार्ड नं. १ र ५ जोड्ने छम्दी खोला पक्की पुल निर्माण कार्य अलपत्र परेको छ । गत आर्थिक वर्षमा वम्घा गाविसको गाउँ परिषदवाट विनियोजित वजेट ५० हजार रुपैया मात्रै रहेको र सो रकम दुई वटा पिलर निर्माण कार्यमा सकिएपछि विचमै अलपत्र वनेको हो । गत वर्ष नै आर्थिक वर्ष २०६८÷६९ को रकम विनियोजन भैसकेको र थप रकम विनियोजन नगरिएका कारण निर्माण कार्य अलपत्र वनेको पुल निर्माण समितिका सचिव शिव श्रेष्ठले वताउनुभएको छ । यसतर्फ सर्वदलीय प्रतिनिधी, गाविस सचिव लगायतको ध्यान जान नसकेको सर्वसाधारणको गुनासो रहेको छ । पुल नवन्दा वम्घा लगायत हँसरा गाविसवाट समेत अध्ययनका लागि आउने विद्यार्थीहरुलाई खोलाको वाटो हुँदै जोखिमपुर्ण यात्रा गर्न वाध्य छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग