Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अनुगमन समितिलाई टेरेनन ब्यापारीहरुले

Published on 7:36:00 PM //


पि.एम.मगर
बजार अनुगमनको क्रममा हिजो गुल्मीको सदरमुकाम तम्घासमा म्याद उल्लेख नगरिएका बिभिन्न बस्तुको विक्री वितरणमा रोक लगाए पनि अधिकाश ब्यापारीले वेवास्ता गरेका छन ।
सदरमुकाम तम्घासमा संचालन भैरहेको भारतीय पेन्सन क्याम्पको अवसरमा गाउँवाट पेन्सन बुझ्न आएका सर्वसाधारणहरु त्यस्ता व्यापारी तथा व्यावसायीहरुबाट नठगीउन भन्ने उद्धेश्यले हिजो बजार अनुगमन समितीले अनुगमन गरे पनि घरको पेटी तथा सडक पेटीमा बिशेष गरी मसला तथा सिद्रा व्यापारीहरुले बेवास्ता गरेका छन । यसरी हिजो अनुगमनको क्रममा क्याम्प वरीपरीका केही पसलहरुमा बिक्रीका लागी राखीएका मसला तथा चियापतीहरुमा प्याकेजिङ्ग मापदण्ड बमोजिम वरावरी तौल नभएको, कतिपय चीयापतिहरुमा उत्पादन भएको मिती तथा समाप्त मिती उल्लेख नभएको र मुल्यमा पनि भिन्नता पाइएको थियो ।
तर आज सो कुरालाइ बेवास्ता गर्दै पसलेहरुले पसलको व्यवस्थापन तथा म्याद सकिएको बस्तुमा त्यती ख्याल नगरेको पाइएको छ । त्यस्तै अनुगमनको क्रममा समितीले स्थानिय व्यापारी तथा पसलेहरुलाई जथाभावी रकम नअसुल्न निर्देशन दिएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग