Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिप दुर्घटनामा आठ घाइते, एक गम्भिर

Published on 1:48:00 AM //


घनश्याम गौतम
तम्घासबाट घमिरतर्फ जाँदै गरेको जिप अर्खलेको सेउघामा दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । घाइते मध्ये चालकको अवस्था गम्भिर छ ।
लु. १ ज १७३२ नम्बरको जिप दुर्घटनामा चालक अर्घातोष–२ अर्घाखाँची बाबुलाल सुनार गम्भिर घाइते छन् । घटनामा घमिर–९ का रिखबहादुर अर्याल, पूर्णबहादुर अर्याल, लिला अर्याल, अम्मराकुमारी अर्याल, घमिर–५ की सरिता घिमिरे, घमिर–२ का चन्द्रबहादुर लम्साल, देवकला लम्साल घाइते छन् । गम्भिर घाइते सुनारलाई थप उपचारका लागि पाल्पा लगिएको छ । अन्य घाइतेहरु सबैको जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।
घाइते यात्रुहरुका अनुसार जिप सडकमै पल्टिएको छ । जिपको पछाडीको टायरमा समस्या आएपछि चालकले जिपलाई भित्तामो ठोक्काएर ठुलो दुर्घटनाबाट बचाएको घाइते रिखबहादुर अर्यालले बताए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग