Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रेस युनियन गुल्मीको साधारण सभा मंसिर १३ मा

Published on 11:41:00 AM //


पि.एम.मगर
नेपाल प्रेस युनियन गुल्मीले आगामी मंसिर १३ गते वार्षिक साधारण सभा गर्ने भएको छ । प्रेस युनियनका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा आज बसेको पूर्ण बैठकले साधारण सभा सम्पन्न गर्नका लागि विभिन्न तयारी उपसमितिहरु समेत गठन गरेको छ । जिल्ला अध्यक्ष हरिकुमार श्रेष्ठको संयोजकत्वमा साधारण सभा तयारी उपसमिति गठन गरिएको छ । समितिको सदस्यहरुमा जिल्ला उपाध्यक्ष जिडि जोन्स रियाज, जिल्ला सदस्य यम खत्री र सन्तोषी टण्डन रहनुभएको छ । त्यस्तै युनियनका केन्द्रीय सदस्य जनार्दन घिमिरेको संयोजकत्वमा आर्थिक उपसमिति गठन गरिएको छ ।
समितिको सदस्यहरुमा युनियनका जिल्ला कोषाध्यक्ष तेजेन्द्रकुमार श्रेष्ठ र जिल्ला सदस्य ताराप्रसाद भुसाल रहनुभएको नेपाल प्रेस युनियन गुल्मीेले जनाएको छ । बैठकले साधारण सभाको अवसर पारी नयाँ सदस्यता आवेदन समेत खुल्ला गरेको छ । वैठकमा युनियनका केन्द्रीय सदस्य जनार्दन घिमिरेले साधारण सभा सम्वन्धी प्रावधानका विषयमा जानकारी गराउँदै युनियनको हितका लागि आफु र आफ्नो क्षेत्रवाट सधै लागिरहने वताउनुभयो । त्यस्तै जिल्ला अध्यक्ष श्रेष्ठले साधारण सभा सम्पन्न गर्नका लागि सवैले आ–आफ्नो जिम्मेवारी पुरा गर्न निर्देशन दिँदै युनियनको साधारण सदस्यतालाई समेत निरन्तरता दिनुपर्नेमा जोड् दिनुभयो ।
वैठकले जिल्ला कृषि विकास कार्यालय गुल्मीद्धारा यस वर्षको उत्कृष्ट पत्रकारिता पुरस्कार प्राप्त गर्न सफल केन्द्रीय सदस्य एवं रेडियो रेसुङ्गाका कार्यकारी निर्देशक समेत रहनुभएका जनार्दन घिमिरेलाई सम्मान तथा वधाई व्यक्त गरेको छ । त्यस्तै विगत २ वर्षदेखि सञ्चार क्षेत्रमा कार्यरत सन्तोषी टण्डनलाई पनि प्रेस युनियनमा आवद्धतासँगै स्वागत गरेको छ । वैठक युनियनका जिल्ला अध्यक्ष श्रेष्ठको अध्यक्षता एवं सचिव पि.एम.मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग