Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गजल

Published on 2:15:00 AM //


असीम महत


जलाईदिए मेरो लाश, कसैलाई चिन्न नदिनु,
म मरेको बर्ष दिनमा, पिन्न  नदिनु!

म मरे नि आत्मा मेरो, भेट्न आउला तिमिलाई,
कांडा चांपी बाटोभरी, हिन्न नदिनु!

धेरै धन कमाएर, पर्खिबस्छु स्वर्गतिर,
तिम्रो मन कसैलाई, किन्न नदिनु!

धनीघरान हात माग्न, आउन सक्छन् आगनीमा,
सिन्दूर भर्ने कुराकानी, छिन्न नदिनु!

खुशीसाथ जिवन जिए, स्वर्गबाटै कामना छ,
तिम्रो मन हुन कहिल्यै, खिन्न नदिनु !

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग