Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दशै तिहारपछिको ठुलो स्थानीय न्वागी मेला शुरु

Published on 2:32:00 AM //


पि.एम.मगर
गुल्मीको पौंदी अमराई गाविस र वाग्लुङ्गको ग्वालीचौर गाविसको सिमानामा पर्ने खारा वजारमा न्वागी मेला बिहीवार देखिशुरु भएको छ । पौंदीवासीहरुको स्थानीय महत्वपुर्ण पर्वको रुपमा लिईने उक्त पर्वको अवसरमा चार दिनसम्म विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको वताईएको छ ।
यस वर्ष पनि विभिन्न प्रतियोगीता, सांस्कृतिक कार्यक्रम, कुषी मेला, भैलो प्रदर्शन जस्ता कार्यक्रमहरुको आयोजना गरिएको आयोजकले जनाएको छ । विशेष त सो क्षेत्रका मानिसहरुले उव्जाएको नयां वाली सवैभन्दा पहिले भगवानलाई चढाएपछि मात्र आफुले उपभोग गर्नुपर्छ भन्ने मान्यताका साथ न्वागी खाने चलन छ । न्वागीको अवसरमा ढिकीमा कुटिएको जडन धानको चामल, दही, केरा, सिलाम, तील आदीको समिश्रणवाट तैयार पारिएको न्वागी खाने गरिन्छ ।
न्वागी पर्वको अवसरमा प्रत्येक घरघरका मुल ढोकाहरुमा टिका लगाई आफन्तजन तथा पाहुनाहरुलाई न्वागी खान दिने चलन रहेको छ । न्वागी पर्वलाई पौंदीवासीले दशै तिहार भन्दा पनि विशेष महत्वका साथ लिने गर्दछन् ।



0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग