Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेविसंघ संगठन निर्माणमा

Published on 2:31:00 AM //


पि.एम.मगर
नेपाल विद्यार्थी संघ, इकाइ समितिले, रेसुङ्गा वहुमुखी क्याम्पस तमघास गुल्मीमा व्यवस्थापन संकायको कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीहरु विच परिचयात्मक तथा संगठन विस्तार कार्य सम्पन्न गरेको छ । सोही भेलावाट व्यवस्थापन संकायको कक्षा ११ का दुई वटै कक्षामा छुट्टाछुट्टै समिति गठन गरेको छ ।
पहिलो कक्षामा वसन्ती आचार्य संयोजक तथा शारदा पन्थी सहसंयोजक रहनुभएको ५१ सदस्यीय र दोस्रो कक्षामा अनिल खनाल संयोजक तथा सरिता पोखरेल सहसंयोजक रहनुभएको २४ सदस्यीय नेपाल विद्यार्थी संघको कक्षा इकाई समिति विस्तार गरिएको इकाई सदस्य निर्मला पन्थीले जानकारी दिनुभयो ।
नेपाल विद्यार्थी संघ इकाई समितिका अध्यक्ष धर्मराज पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि स्ववियू सदस्य प्रदीप अर्याल, विशेष अतिथि नेपाल विद्यार्थी संघका जिल्ला सहसचिव सुदर्शन खनाल, पुर्व क्षत्रीय सभापति सन्तोष पन्थी, इकाई सदस्यहरु संगिता कुवंर, रमेश परियार लगायतले नेपाल विद्यार्थी संघको भुमिकाका विषयमा प्रकाश पार्नुभएको थियो । भेलामा इकाई सदस्य नेत्र पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव निर्मला पन्थीले गर्नुभएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग