Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रहरी हत्याका मुख्य अभियुक्त थुनामा

Published on 10:14:00 PM //

घनश्याम गौतम 
डि्युटीमै खटिएका प्रहरीमाथि छुरा प्रहार गरी हत्या अभियोगमा प्रहरी हिरासतमा रहेका एक जनालाई पुर्पक्षका लागि जिल्ला अदालतले जेल चलान गरेको छ । अन्य ८ जना सामान्य धरौटीमा छुटेका छन् । दसैंको कोजाग्रत पूणिर्माका बेला सराय नाचमा भएको झडप मिलाउने क्रममा नयाँगाउँको मैदानमा प्रहरी जवान सूर्यबहादुर थापाको छुरा प्रहारबाट मृत्यु भएको थियो । छुरा प्रहार गर्ने नयाँगाउँ ८ का २५ वषर्ीय नरबहादुर गुरुङसहित अन्य १० जनलाई हिरासतमा राखेर अनुसन्धान गर्दै आएको थियो । जिल्ला न्यायाधीश कृष्णराम कोइरालाको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । त्यस्तै घटनामा संलग्न रहेको आशंकामा पक्राउ स्थानीय मोहन क्षेत्री र रामबहादुर केसीको घटनामा संलग्नता नदेखिएपछि जिल्ला सहायक न्यायाधिवक्ता सुशील देवकोटाको आदेशमा छुटेका थिए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग