Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

देविस्थान गाउँ विकास समितिमा सामामाजिक भत्ता वितरण

Published on 8:30:00 PM //

 अनिल खत्री
प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले भारत भ्रमणका अवसरमा गरेको द्धिपक्षिय लगानी प्रवर्धन तथा सुरक्षण सम्बन्धि सम्झौता (बिप्पा) को धौलागिरि अञ्चलका उद्योगी व्यवसायीहरुले खुलेरै स्वागत गरेका छन् । म्याग्दी उद्योग वाणिज्य संघले जिल्लाको दोश्रो व्यापारिक केन्द्र दरबाङ बजारमा आयोजना गरेको त्रिवर्षिय कार्ययोजना तर्जुमा गोष्ठि तथा नेतृत्व विकास कार्यक्रमका अवसरमा बोल्दै व्यवसायिहरुले बिप्पा सम्झौता नेपालको सबैभन्दा ठुलो उपलब्धि भएको बताएका हुन् ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं म्याग्दी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष प्रमोद श्रेष्ठले बिप्पा सम्झौताले नेपालको औद्योगिक विकासमा निकै फड्को मार्ने भएकोले यो सम्झौता गरेर प्रधानमन्त्रीले धेरै उदाहरणिय काम गरेको बताउनुभएको छ । कार्यक्रममा बोल्दै पर्वत नेपाल उद्योग वाणिज्य महासंघका अञ्चल संयोजक एवं पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष होमनारायण श्रेष्ठले बिप्पा सम्झौता निकै स्वागतयोग्य भएर पनि आगामी दिनमा चुनौतिको सामना गर्नुपर्ने भएकोले राजनीतिक दलमा मुलुकप्रतिको चिन्तन भएमा मात्र व्यवसायीलाई ढुक्क भएर लगानी गर्ने वातावरण सृजना हुने बताउनुभएको छ ।
कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कुबिर श्रेष्ठले म्याग्दी उद्योग वाणिज्य संघले दरबाङ क्षेत्रमा समेत उद्योग व्यवसायको बिस्तार भएकोमा आँफुलाई निकै गौरव लागेको भन्दै मुलुकमा शान्ति र सकारात्मक वातावरण भएमा गाउँगाउँमा उद्योग विस्तार हुने बताउनुभएको छ ।कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष सुदर्शनकुमार श्रेष्ठ, दरबाङ इकाइका अध्यक्ष बिरबहादुर कार्की, नेतृत्व विकास तालिमका संयोजक सुविनकुमार श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका महासचिव बेलबहादुर कटुवाल लगायतका पदाधिकारीहरु लगायतले बोल्नुभएको म्याग्दीबाट पत्रकार अगन्धर तिवारीले बताउनुभएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग