Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बालअधिकार संरक्षणमा सरोकारवाला विच समन्वयको खाँचो

Published on 1:13:00 PM //

नरेश भण्डारी
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) जिल्ला कार्यालय गुल्मी र जिल्ला बालकल्याण समिति लगायतका संघसंस्थाहरुको संयुक्त आयोजनामा “हामी सबैको सरोकार, शान्ति, संविधान र सुनिश्चित बालअधिकार” भन्ने मूल नाराका साथमा ०६८ मंसिर कार्तिक ४ गते २२ सौं अन्तराष्ट्रिय बालअधिकार दिवस विविध कार्यक्रम गरि मनाईएकोछ ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी जगदिशचन्द्र नेपालीले बालबालिकाको हितको लागि सरकारले ल्याएका कार्यक्रमहरु प्रभावकारी ढंगले सञ्चालन हुन नसके को भन्दै सरोकारवालाहरुको समन्वयात्मक भूमिकाको आवश्यकता औलाए । उनले बालबालिका शान्ति क्षेत्रको अवधारणा नारामा मात्र सिमित भएको भन्दै यसको व्यबहारीक कार्यान्वयनको लागि प्रभावकारी कार्ययोजना आउनु पर्ने धारणा राखे ।
एकीकृत माओवादीका बुद्धि जि.सी. एमालेका कृष्ण वि.क. स्थानीय विकास अधिकारी  हिरालाल रेग्मी, डिएसपी राजकुमार बैदवार, इन्सेकका जिल्ला संयोजक यज्ञप्रसाद भुसाल, सेतोगुरँस बालविकास सेवाका जानकी ज्ञवाली, लोकतान्त्रीक महिला सञ्जालका बीष्णु सापकोटा लगायतका वक्ताहरुले बालबालिकाको साँचो अधिकार प्राप्तिको लागि राज्य संवेदनशिल हुन आवश्यक रहेको भन्दै नयाँ संविधानामा बालअधिकारको पूर्ण सम्मानको ग्यारेन्टी गरिनुपर्ने धारणा राखे ।
यसै अवसरमा आयोजित बालअधिकार सबैको सरोकार विषयको विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगतामा भाडगाउँ माविको बालअधिकार चेतना समुहका सुसिल थापा प्रथम, अदर्श विद्या आश्रमका मदन खाती द्वितिय र जनसहयोग माविको बालअधिकार चतना समुहका पिताम्वर खनाल तृतीय भए । यस्तै यस अवसरमा सुस्त श्रवण तथा बहिरा र बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको निशुल्क स्वास्थ्य परिक्षण, सामाहित शिक्षा अन्तर्गत उपल्लो तम्घास माविको श्रोत कक्षामा अध्ययनरत ३० जना बालबालिकाहरुलाई पोशाक वितरण, बाल क्लवका बालबालिकाहरु विच कुर्सी दौड प्रतियोगिता जस्ता कार्यक्रमहरु पनि सम्पन्न भए ।
कार्यक्रम इन्सेक जिल्ला कार्यालय गुल्मी, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला बालकल्याण समिति, नेपाल बाल संगठन जिल्ला शिक्षा कार्यालय र महिला तथा बालबालिका कार्यालयले संयुक्त रुपमा आयोजना गरेका हुन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग