Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

स्थानीय निकायका योजनाहरुको गैससबाट अनुगमन

Published on 1:09:00 PM //


घनश्याम गौतम
स्थानीय निकायले संचालन गर्ने योजनाहरुमा अनियमितता हुने गरेको गुनासो बढिरहेकै बेला एक गैरसरकारी संस्थाले योजनाहरुको अध्ययन एवं अनुगमन शुरु गरेको छ ।
स्थानीय शासन तथा उत्तरदायी सहजीकरण संयन्त्र पोखराको सहयोगमा एकिकृत ग्रामिण विकास समाजले जिल्ला विकास समिति, गाविस लगायतबाट संचालित योजनाहरुको कार्यसम्पादन, गुणस्तरीयता, प्रभावकारीता लगायतका विषयहरुमा स्थलगत अध्ययन र अनुगमन शुरु गरेको हो । समाजले पहिलो चरणमा जिविसको सहयोगमा संचालन भैरहेको स्थानीय शासन तथा सामुदायीक विकास कार्यक्रमले ११ लाख रुपैंयाको लागतमा गौडाकोटमा निर्माण गरेको सामुदायीक भवनको अनुगमन गरेको छ ।
अध्ययन अनुगमनका क्रममा स्थानीय समुदायसंगको सहकार्यमा गरिएको भवन निर्माण उत्कृष्ट भएको र समुदायले समेत पारदर्शीढंगबाट काम गरेको पाईएको एकिकृत ग्रामिण विकास समाजका परियोजना संयोजक रामप्रसाद खनालले बताए । अन्य योजनाहरु समेत अनुगमनका क्रममा रहेको उनले बताए । कार्यक्रम अन्र्तगत आयोजना स्थलको स्थलगत निरिक्षण र अध्ययन, लक्षित समुह संवाद, गुनासो चौतारी, सरोकारवाला र जवाफदेही निकायका पदाधिकारीहरुसंग छलफल, सार्वजनिक सुनवाई, प्रतिवद्धता निर्धारण, पालना अनुगमन लगायतका कार्यहरु गरिने संस्थाले जनाएको छ ।
स्थानीय शासन प्रक्रियामा समुदाय र स्थानीय निकायवीच सकारात्मक सहकार्य तथा समन्वयमा सुधार गरी स्थानीय शासन सुदृढीकरणमा सहयोग पु¥याउने उद्देश्य रहेको यस कार्यक्रमले सार्वजनिक वस्तु तथा सेवा र सुविधामा सर्वसाधारण, सिमान्तकृत तथा महिला, विपन्नवर्ग, उत्पीडित र असहाय नागरिकहरुले राज्यले उपलब्ध गराएका सेवा र सुविधाहरु स्वतन्त्र तथा निर्वाध रुपमा उपभोग गर्न सक्ने अवस्थाको श्रृजना गरी सहयोग समेत पुर्‍याउने संस्थाका अध्यक्ष गणेश श्रीपालीले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग