Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी निवासी सुवार दक्षिण कोरिया मृत अवस्थामा फेला

Published on 3:28:00 AM //


रघु त्रिपाठी
सोमबार दक्षिण कोरिया स्थित ईन्छन शहरको थुङगु ह्वासोदोङमा बस्दै आएका गुल्मी जिल्ला अर्बेनी गाविस वडा ४ निवासी ४० वर्षिय इन्द्र बाहादूर सुवार नाम गरेका ब्यक्ति मृत अवस्थामा फेलापरेका छन् ।

ईन्छन प्रहरीले सुवारको शव एक सेल्टरको कोठामा नोभेम्वर २१ त्ारिख विहान ६:३० बजे फेलापारेको कोरिया स्थित नेपाली दूतावासले जनाएको छ । मृतक सुवार लामो समयदेखी घर परिवार तथा साथीभाई संग सम्पर्क बिहिन रहेको र "नोसुक्चा" अर्थात कुलतमा लागेका घरवार बिहिन कोरियनहरु संग मादक पदार्थ सेवन गर्ने र उनिहरु संगै बस्दै आएको बुझिएको छ ।

लामो समय देखी अस्वस्थ रहेका सुवारले एक महिना अघि मात्र ईन्छन्को एक सरकारी अस्पतालमा उपाचर गराई फर्किएका थिए । सुवारको मृत्युको कारण प्रष्ट हुन नसकेपनि शरिरमा कुनै प्रकारको चोटपटक नदेखिएको तथा आत्महत्या नभएको प्रहरीलाई उद्धृत गर्दै नेपाली दूतावासले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग