Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भन मात्र तिमी.... (गित उनको लागि)

Published on 10:50:00 PM //




-"निराश बिरही" रेशम श्रीस


मैले रुँदा तिम्रो दुख, मेटिन्छ भने
म रोएरै जिउने बाचा गर्छु।
भन मात्र तिमी, खुशी मिल्छ भने
म चिरेरै मुटु यो आधा गर्छु ।

दिगन्त रहोस् यात्रा, नहोस् बिछोडका पल
बाधा नहोस् कुनै, यात्रा बनोस् सरल
मैले टेक्दा काँडा, पिडा सकिन्छ भने
म काँडै टेक्ने बाचा गर्छु ।
भन मात्र तिमी, खुशी मिल्छ भने
म चिरेरै मुटु यो आधा गर्छु ।

एकै बोटका हामी, फूल र पात बनौ
उषामा लाली किरण, सँगै रात बनौ
मैले पिउँदा बिष, शान्ती हुन्छ भने
म बिषै पिउने बाचा गर्छु ।
भन मात्र तिमी, खुशी मिल्छ भने
म चिरेरै मुटु यो आधा गर्छु ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग