Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वाख्रा पालक कृषकहरुलाई थप टेवा

Published on 11:20:00 PM //


पि.एम.मगर
खाम्देश वृहतर पकेट कार्यक्रमको आयोजनामा आज गुल्मीको घमिर गाविसमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि जिल्ला पशु सेवा कार्यालय गुल्मीका प्रमुख डा. हरिवहादुर कुवँरले वाख्रामा लाग्ने विभिन्न किसिमका रोगहरुको उपचार पद्धतीको विषयमा जानकारी गराउँदै वाख्रा पालनलाई व्यवसायीकरण वनाउनुपर्नेमा जोड् दिनुभएको थियो ।
त्यस्तै जिल्ला वन कार्यालयका प्रमुख शिवप्रसाद शर्मा, जिल्ला कृषि विकास वैँकका प्रमुख गोपाल गैरे, भुसंरक्षण कार्यालयका प्रमुख ज्ञानप्रसाद शर्मा, पशु विकास अधिकृत डा. महेन्द्र मल्ल लगायतले कार्यक्रम वृहत्तर भएकाले सवै क्षेत्रवाट सवैले सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो । साथै कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य एवं रेडियो रेसुङ्गाका कार्यकारी निर्देशक जनार्दन घिमिरे, नेपाल पत्रकार महासंघ गुल्मीकी सदस्य गगनशिला खड्का, क्रान्तिकारी पत्रकार संघ गुल्मीका अध्यक्ष प्रेम सुनार, गाविस सचिव राजु शर्मा लगायतको आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा छापहिले सिर्सेनी, मर्भुङ्ग, अर्खवाङ्ग तथा घमिर गाविसका गरी करिव ९० जना वाख्रा पालक कृषकहरुको सहभागीता रहेको थियो । कार्यक्रम खाम्देश वृहत्तर वाख्रा पालन समुहका अध्यक्ष विरवहादुर कार्कीको अध्यक्षता, समितिका सचिव वेदप्रसाद पन्थीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन रेडियो रेसुङ्गाका प्रतिनिधी राजेन्द्र पन्थीले गर्नुभएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग