Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महिला हिंसा विरुद्धको १६ अभियानमा दिप प्रज्वलन (फोटो फिचर)

Published on 7:11:00 PM //


गगनशिला खड्का
महिला हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान अन्र्तगत आज तेश्रो दिन अन्र्तपार्टी महिला सञ्जालले गुल्मीको सदरमुकाम तम्घासका महत्वपुर्ण चोकहरुमा दिप प्रज्वलन गरेको छ ।

१६ दिन सम्मनै मनाउने निर्णय गरिएको दिवशको तेश्रो दिन सञ्जालले सदरमुकाम तम्घास  स्थीत  लाकुरीमञ्च, भिमचोक, शहिदचोक, मिलनचोक लगाएतका महत्वपुर्ण स्थानमा दिप प्रज्वलन गरेर यो दिवश मनाएको छ । तम्घासको लाकुरी मञ्चमा निमित्त प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल,भिमचोकमा प्रहरी नायब उपरीक्षक राजकुमार बैदवार,गुल्मी उधोग वाणिज्य संघका महासचिब कृष्ण प्रसाद पोख्रेल,इन्सेक गुल्मीका संयोजक यज्ञ प्रसाद भुसाल र महिला लोकतान्त्रीक सञ्जालका धना भण्डारीले संयुतm रुपमा र मिलनचोकमा महिला हिंसा न्युनीकरण सचेतना समुहका अध्यक्ष कृष्णमाया पाण्डेयले दिप प्रज्वलन गर्नुभएको छ ।
लाकुरीमञ्चमा दिप प्रज्वलन कार्यक्रमको उद्घाटन गर्दे निमित्त प्रमुख जिल्ला अधिकारी जगदिशचन्द्र नेपालीले महिलाहरुमा विस्तारै आएको चेतनाका कारण पछिल्लो समयमा यस्ता दिबश मनाउने परिपाटीको श्रृजना भएको बताउनुभयो । उहाँले यस्ता खालका कुराहरुको शुरु हुनुनै महिला हिंसा विरुद्धमा भएका सफल उपलब्धी मान्नुपर्ने बताउनुभयो ।
उहाँले महिलाहरु प्रायः घरेलु हिंसाबाट पिडित हुनुपरेको कुरालाई संकेत गर्दे अझ बढि महिलाहरु चेतनाको विकास भए ती कुराहरु पनि बाहिर आउने बताउनुभयो । उहाँले महिलाहरुमा चेतनाको विकास गराउनुपर्ने कुरामा जोड दिनुभयो । आगामी दिनमा पनि यस्ता खालका महिला हिंसा विरुद्धको अभियानले महिलालाई अझ शसतm भएर अगाडी बढ्न प्रेरीत गर्ने बताउनुभयो ।
दिप प्रज्वलन कार्यक्रममा जिल्ला अनुसन्धान कार्यलयका डिएपी विनोद कुमार डङ्गोल,गुल्मी उधोग संघका महासचिब कृष्ण प्रसाद पोख्रेल,प्रेश युनियनका केन्द्रीय सदस्य जर्नादन घिमिरे, महिला मानब अधिकार रक्षक सञ्जाल गुल्मीका उपाध्यक्ष जानकी ज्ञावली, महिला लोकतान्त्रीक सञ्जालका धना भण्डारी,अनेम संघका अनिसा केसी लगाएत पत्रकार, प्रहरी, बुद्धिजीबी र सर्वसाधरणको उल्लेखिय सहभागीता रहेको थियो ।
कार्यक्रम अन्र्तपार्टी महिला सञ्जालका अध्यक्ष ललिता गौतमको सञ्चालनमा सम्पन्न भएको महिला मानब अधिकार रक्षक सञ्जाल गुल्मीका सचिब गगनशिला खड्काले जानकारी दिनुभयो ।
यो दिवस महिला हिंसा विरुद्ध विविध कार्यक्रम गरी नोभेम्बर २५ अर्थात शुक्रवार देखि डिसेम्बर १० सम्म मनाईने छ । यस बर्षको महिला हिंसा विरुद्धको सोह्र दिने अभियानको नारा घर शान्ति र विश्व शान्तिको आधार भन्ने रहेको छ ।
यस अन्र्तगत चौथो दिन भोली अन्र्तपार्टी महिला सञ्जाल र एकल महिला सञ्जालले तम्घासको लाकुरी मञ्चमा महिला हिंसा विरुद्धका पोष्टर प्रर्दशन गर्ने कार्यक्रम रहेको छ ।

दिप प्रज्वलन कार्यक्रममा जिल्ला अनुसन्धान कार्यलयका डिएपी विनोद कुमार डङ्गोल,गुल्मी उधोग संघका महासचिब कृष्ण प्रसाद पोख्रेल,प्रेश युनियनका केन्द्रीय सदस्य जर्नादन घिमिरे, महिला मानब अधिकार रक्षक सञ्जाल गुल्मीका उपाध्यक्ष जानकी ज्ञावली, महिला लोकतान्त्रीक सञ्जालका धना भण्डारी,अनेम संघका अनिसा केसी लगाएत पत्रकार, प्रहरी, बुद्धिजीबी र सर्वसाधरणको उल्लेखिय सहभागीता रहेको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग