Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चक्रेश्वर मेला शुरु, रामचन्द्र काफ्ले, पशुपती शर्मा, मुना थापा शान्तिपुरमा

Published on 6:50:00 PM //


घनश्याम गौतम
बाला चर्तुदशीका अवसरमा हरेक वर्ष आयोजना हुने गुल्मीकै ठुलो मेला शान्तिपुरको चक्रेश्वर मन्दिरमा आज देखि शुरु भएको छ ।
चक्रेश्वर मन्दिर व्यवस्थापन समिति र स्थानीय शान्ति युनेस्को क्लबको आयो जनामा शुरु भएको मेलामा क्षेत्रीय स्तरको भलिबल प्रतियोगिता, विविध सांस्कृतिक कार्यक्रम लगायतका कार्यक्रमका साथ आजबाट शुरु भएको हो । आयोजक देवु गुरुङ्गका अनुसार मेलाको पहिलो दिन राष्ट्रियस्तरका कलाकारहरुको सहभागिता रहे का छ ।
त्यस्तै भोलीको मेलामा सांस्कृतिक कार्यक्रमका लागि लोक पप गायक रामचन्द्र काफ्ले, पशुपती शर्मा, मञ्जु पौडेल, सपना गाहा, मुना थापा, सन्तु थापा लगायतका कलाकारहरु शान्तिपुरमै आईसकेको आयोजकले जनाएका छन् । त्यस्तै क्षेत्रीयस्तरको भलिबल समेत आज देखि नै शुरु भएको छ । भलिबलका लागि २३ टिम सहभागी भएको भलिबल खेल संयोजक एवं युनेस्को क्लब सदस्य अर्जुन थापाले जानकारी दिनुभएको छ ।
शान्तिपुरमा रहेको चक्रेश्वर मन्दिरमा सतबिज छर्नका लागि भोली गुल्मीसंगै बाग्लुङ्ग, पाल्पा, रुपन्देही, लगायतका जिल्लाहरुबाट समेत दर्शनार्थीहरुको सहभागिता हुने गर्दछ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग