Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अर्गानिक कफी अनुसन्धान केन्द्र स्थापनाका लागि पहल

Published on 5:38:00 AM //


पि.एम.मगर
अर्गानिक कफी अनुसन्धान केन्द्र स्थापना संवन्धी कफी कृषकहरुको भेला शनिबार गुल्मी वलेटक्सार गाविसको कार्यालयमा सम्पन्न भएको छ । कफीको रुपमा परिचित यस जिल्ला अहिले आएर कफीमा लाग्ने गवारो रोगका कारण समस्या झेलिरहेका कृषकहरुको समस्या समाधान गर्ने उद्धेष्यका साथ अर्गानिक कफी अनुसन्धान केन्द्र वलेटक्सार १ सिन्दुरे भण्डार डाँडा नामक सस्था स्थापनाका लागि निलकण्ठ गौतमको अध्यक्षतामा ३९ सदस्यीय मुल समितिको गठन गरिएको छ । समितिको उपाध्यक्षमा टिकावहादुर के.सी., सचिव कृष्णप्रसाद पन्थ, सहसचिव दधि ज्ञवाली, कोषाध्यक्ष मंगलवहादुर रेगामी लगायत रहनुभएको छ । सो समितिले पौष महिनाभरमा माटो परीक्षण, सो क्षेत्रमा वार्षिक रुपमा पर्ने वर्षा, सर्वदलीय समितिको निर्णय कार्यान्वयन लगायतका काम गरी काठमाण्डौ डेलिगेशन जाने समेत निर्णय गरेको छ । जिल्ला कफी व्यवसायी संघ गुल्मीका अध्यक्ष निलकण्ठ गौतमको अध्यक्षता, पुर्व संसद कमलप्रसाद श्रेष्ठको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा वम्घा, वलेटक्सार, रिमुवा, थानापति, रुरु र दिगाम गाविसका गाविस प्रतिनिधीहरुको सहभागीता रहेको हाम्रा सहकर्मी हेम त्यागीले जानकारी दिनुभएको छ ।

यसै गरी जिल्ला वन कार्यालयको आयोजनामा गुल्मीको जैसीथोकमा जलवायु परिवर्तन संवन्धी एक दिने गोष्ठी सम्पन्न भएको छ । जैसीथोक गाविस वार्ड नं. ९ को गोपे भन्ने स्थानमा सम्पन्न उक्त गोष्ठीमा विशेष गरी जलवायु परिवर्तन, यसले पृथ्वीमा पार्ने असर लगायतका विषयमा छलफल भएको थियो । गोष्ठीमा जिल्ला वन अधिकृत शिवप्रसाद शर्माले जलवायु परिवर्तन र यसको असरका विषयमा सवै अवगत हुनुपर्नेमा जोड् दिनुभएको थियो । थाम सामुदायिक वन उपभोक्ता समिति, जैसीथोक ९ का अध्यक्ष विनवहादुर गौतम, सोही स्थानकै खजुरे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष वावुराम खत्री, थाम सामुदायिक वन उपभोक्ता समिति हस्तीचौरका अध्यक्ष दलवहादुर विक सहित प्रत्येक समितिका १०÷१० जना पदाधिकारी तथा उपभोक्ताहरुको सहभागीता रहेको थियो । साथै जिल्ला वन कार्यालयवाट गएको टोलीले तीन वटै सामुदायिक वनको प्रत्यक्ष अनुगमन गरेको थियो । गोष्ठी जिल्ला वन अधिकृत शिवप्रसाद शर्माको अध्यक्षता एवं सहायक जिल्ला वन अधिकृत कर्णवहादुर पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।




0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग