Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ट्याक्टरको ठक्करवाट तीन युवती घाईते

Published on 9:53:00 PM //


पि.एम.मगर
गुल्मीको सदरमुकाम तमघासमा टयाक्टरको ठक्करवाट तीन जना युवती घाईते भएका छन् । सदरमुकाम तमघासको पुरानो वजार नजिकै फ्लीम हल अगाडी सडकमा ट्याक्टरले ठक्कर दिँदा वामी गाविस वार्ड नं. ९ निवासी १७ वर्षीया विपना खरेल, अग्लुङ्ग गाविस वार्ड नं. ६ निवासी १९ वर्षीया रचना चन्द र तमघास ५ वस्ने १९ वर्षीया शोभा पन्थी घाईते भएका हुन् । उनीहरुको तमघास अस्पतालमा उपचारपछि घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरीक्षक कृष्णप्रसाद ढकालले जानकारी दिनुभएको हो । ठक्कर दिने लु १ त १४०२ नंम्वरको ट्याक्टर अहिले जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको र चालक भने संपर्कविहीन रहेको उहाँले वताउनुभएको छ । घटनावारे अहिले अनुसन्धान भईरहेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग