Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

माहुरी पालनतर्फ कृषकहरुको आकर्षण

Published on 9:55:00 AM //


पि.एम.मगर
माहुरी पालनवाट राम्रो आम्दानी हुन थालेपािछ भार्से २ पैयुँपाटाका कृषकहरु माहुरी पालन व्यवसायतर्फ उत्साहित वनेका छन् ।
विगत २ वर्षदेखि माहुरी पालन व्यवसाय शुरु गरेका माहुरी पालक कृषकहरुले एक वर्षको अवधि परीक्षण र अनुभवमा विताएको वताउँदै यसवर्ष माहुरीवाट राम्रै मह उत्पादन भएको र प्रति किलो पाँच सय रुपैयामा विक्री हुन थालेपछि माहुरी पालनलाई व्यवसायीकरण गरी अगाडी वढाउने भार्सेका कृषकहरुले अठोट लिएका छन् ।
कृषी सेवा केन्द्र जोहाङ्गले माहुरी पालन प्याकेजका रुपमा त्यस स्थानमा कार्यक्रम सञ्चालन गर्दै आएको छ भने २५ प्रतिशत अनुदानमा ७० वटा उन्नत घार समेत उपलव्ध गराएको कृषी सेवा केन्द्र जोहाङ्गका प्रमुख मुक्तीप्रसाद भण्डारीले वताउनुभएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग